समाचार
हल्दिबारी संवाददाता ७ महिना अगाडि

हल्दिबारी–३ का ५६ कृषकलाई ५० प्रतिशत अनुदानमा मकै छोडाउने मेसिन वितरण

हल्दिबारी, झापा। झापाको हल्दिबारी गाउँपालिका वडा नम्बर–३ ले कृषकको उत्पादन वृद्धि र कृषि प्रविधिमा पहुँच अभिवृद्धि गर्ने उद्देश्यले वडाका ५६ जना कृषकलाई ५० प्रतिशत लागत साझेदारीमा मकै छोडाउने मेसिन वितरण गरेको छ।
वडा कार्यालयका अनुसार शुक्रबार सम्पन्न कार्यक्रममा प्रत्येक कृषकलाई १६ हजार रुपैयाँ मूल्य बराबरको मकै छोडाउने मेसिन उपलब्ध गराइएको हो। जसमा कृषकले ८ हजार रुपैयाँ योगदान गरेका छन् भने बाँकी ८ हजार रुपैयाँ वडा कार्यालयको सिलिङ बजेट अन्तर्गत सञ्चालित कृषि सशक्तीकरण कार्यक्रमबाट अनुदान दिइएको हो।
वडाध्यक्ष विष्णुप्रसाद ओलीले कृषकको श्रम घटाउने, समयको बचत गर्ने तथा उत्पादन वृद्धि गर्ने उद्देश्यले कार्यक्रम सञ्चालन गरिएको जानकारी दिँदै यो मेसिन वितरण कार्यक्रम दोस्रो चरणअन्तर्गत रहेको बताए।
उक्त कार्यक्रम वडाध्यक्ष ओलीको अध्यक्षतामा सम्पन्न भएको थियो। कार्यक्रममा वडा सदस्यहरू विष्णुमाया तिम्सिना र कर्ण भण्डारीले कृषकलाई शुभकामना मन्तव्य व्यक्त गरेका थिए। कार्यक्रमको सञ्चालन तथा सहजीकरण वडा सचिव राजन खतिवडाले गरेका थिए।
स्थानीय कृषकहरूले यस्ता प्रविधिमैत्री सहयोगले कृषि उत्पादन र आम्दानीमा उल्लेख्य सुधार आउने विश्वास व्यक्त गरेका छन्।

Advertisement

Advertisement
Advertisement

हल्दिबारी संवाददाता

लेखकका थप सामाग्री (See author's posts)

थप समाचार (More News)

हल्दिबारी डटकम
Hover Ad Article