समाचार
हल्दिबारी संवाददाता ७ महिना अगाडि

भद्रपुर जेसीज र भद्रपुर जुनियर जेसीजको वर्ष २०२६ नेतृत्व सर्वसम्मत चयन

भद्रपुर जेसीजको ५०औँ शाखा अधिवेशन तथा भद्रपुर जुनियर जेसीजको दोस्रो शाखा अधिवेशनबाट वर्ष २०२६ का लागि नयाँ नेतृत्व सर्वसम्मत रूपमा चयन भएको छ। अधिवेशनले दुवै संस्थाको नेतृत्व चयन गर्दै संगठनलाई थप सशक्त बनाउने प्रतिबद्धता व्यक्त गरेको छ।

Advertisement

भद्रपुर जेसीजको ५१औँ अध्यक्षका रूपमा जेसी सुरेन्द्र कुमार खड्का (हिमाल) सर्वसम्मत रूपमा निर्वाचित हुनुभएको छ। साथै, कार्यकारिणी उपाध्यक्षद्वयमा जेसी हेडम्बराज निरौला र जेसी सरोज ढकाल चयन हुनुभएको छ। अध्यक्षद्वारा मनोनित पदाधिकारीहरूमा कानुनी सल्लाहकार जेसी आरोग्य तिम्सिना, महासचिव जेसी सुरज श्रेष्ठ र कोषाध्यक्ष जेसी कुशल न्यौपाने रहनुभएको छ।

Advertisement

उपाध्यक्षहरूमा जेसी सनम शासंखर, जेसी बिनोद खरेल, जेसी अरमान थिङ तामाङ र जेसी विशाल श्रेष्ठ चयन हुनुभएको छ।

त्यसैगरी, भद्रपुर जुनियर जेसीजको वर्ष २०२६ का लागि अध्यक्षमा जु. जेसी प्रतीक लम्साल सर्वसम्मत रूपमा निर्वाचित हुनुभएको छ। कार्यकारिणी उपाध्यक्षमा जु. जेसी पवन पनेरु र जु. जेसी गैरभ निरौला चयन हुनुभएको छ। अध्यक्षद्वारा मनोनित पदाधिकारीहरूमा कानुनी सल्लाहकार जु. जेसी सन्दर्भ तिम्सिना, महासचिव जु. जेसी श्रेया अधिकारी र कोषाध्यक्ष जु. जेसी रिदिप अधिकारी रहनुभएको छ।

उपाध्यक्षहरूमा जु. जेसी आयुश रिजाल, जु. जेसी निर्जल भण्डारी, जु. जेसी श्रेयम अधिकारी र जु. जेसी शैलिशा निरौला चयन हुनुभएको छ भने सचिवमा जु. जेसी सुजल श्रेष्ठ चयन हुनुभएको छ।

अधिवेशन सफलतापूर्वक सम्पन्न गराउन निर्वाचन आयुक्त जेसी दिल्लीराम पोखरेल, निर्वाचन अधिकृत जेसी टिकराम पाण्डे तथा तालिम आयुक्त जेसी निकेश पाण्डेको विशेष भूमिका रहेको आयोजकले जनाएको छ।

Advertisement

हल्दिबारी संवाददाता

लेखकका थप सामाग्री (See author's posts)

थप समाचार (More News)

हल्दिबारी डटकम
Hover Ad Article