स्वास्थ्य
हल्दिबारी संवाददाता ६ वर्ष अगाडि

नेपाटपद्वारा पिपिई बुथ हस्तान्तरण

नेपाटप अर्गनाइजेशनले निर्माण गरेको पिपिई बुथ नेपाल इन्जिनियर्स एशोसियशन बाग्मती प्रदेशको संयोजनमा विभिन्न ६ सरकारी अस्पताल एवं स्वास्थ्य संस्थालाई निःशुल्क रूपमा वितरण गरेको छ । उक्त पिपिई बुथ दोलखा, सिन्धुपाल्चोकको मेलम्ची र बाह्रबिसे, काभ्रेको पाँचखाल, धादिङ्गको धादिङ्गबेसी र नुवाकोटको खरानीटारस्थित स्वास्थ्य संस्थाहरूलाई वितरण गरिएको नेपाटपद्वारा प्रेषित विज्ञप्तिमा उल्लेख छ ।

Advertisement

कोरोना भाइरसका कारण सम्पूर्ण विश्व नै अक्रान्त भइरहेको सन्दर्भमा कोरोना तथा अन्य संक्रामक रोगहरूको नमुना परीक्षणमा सहयोग पुग्ने गरी आफ्नो सामाजिक उत्तरदायित्व कार्यक्रम अन्र्तगत बुथ निर्माण गरिएको नेपाटप अर्गनाइजेसनको सिद्धिविनायक ई। प्रा।लि।का निर्देशक रुपक श्रेष्ठले जानकारी दिएका छन् ।

Advertisement

कोरोना भाइरसको संक्रमण बढ्दै गएको अवस्थामा स्वास्थ्यकर्मीहरूलाई सुरक्षित रूपमा सम्भावित संक्रमित विरामीको थ्रोट र स्वाब संकलन गर्न एवं भविष्यमा जुनसुकै संक्रामक रोगको पहिचान गर्ने नमुना संकलन गर्ने प्रयोजनका लागि पिपिई बुथ उपयोगी हुने श्रेष्ठको भनाई रहेको छ ।

पिपिई बुथ हस्तान्तरण कार्यक्रममा नेपाटप अर्गनाइजेशनको सिद्धिविनायक ई। प्रा।लि।का निर्देशक रुपक श्रेष्ठको साथै नेपाल इन्जिनियर्स एशोसियशन बाग्मती प्रदेशका सभापति नन्दलाल बन्जाडेसहित अन्य पदाधिकारीहको उपस्थिति रहेको पनि विज्ञप्तिमा उल्लेख छ ।

Advertisement

हल्दिबारी संवाददाता

लेखकका थप सामाग्री (See author's posts)

थप समाचार (More News)

हल्दिबारी डटकम
Hover Ad Article