समाचार
हल्दिबारी संवाददाता ७ महिना अगाडि

नेपाली कांग्रेसमा विधि, विधानको स्थापना: गगनकुमार थापाद्वारा एकतावद्ध अग्रसरता अपील

काठमाडौं। नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले पार्टीभित्र विधि, विधान र लोकतान्त्रिक प्रक्रियाको पुनर्स्थापनामा हार्दिक अपील गर्दै सबै सदस्य, शुभेच्छुक र आम जनसमुदायलाई एकताबद्ध भएर अघि बढ्न आग्रह गरेका छन्।
थापाले विशेष महाधिवेशनलाई विवादको विषय नभई संविधान, प्रचलित कानून र पार्टीको विधान अनुसार निर्वाचन आयोगले निर्णय गरेको भन्दै त्यसप्रति आभार व्यक्त गरेका छन्। उनले भने, “यो नेपाली कांग्रेसका सदस्य र शुभेच्छुकहरूले पार्टीमा सार्थक परिवर्तन र देशको समुन्नतिका लागि गरेको इमान्दार प्रयासको साझा प्रतिफल हो। अब नेपाली कांग्रेस आफ्नो मूल मूल्य, मान्यता र आदर्शतर्फ फर्केको छ।”
सभापति थापाले सबै पार्टी कार्यकर्तालाई संयम, जिम्मेवारी र विश्वाससाथ अघि बढ्न आह्वान गर्दै भनिन्, “विशेष महाधिवेशनमा सहभागी वा नहुँने, सहमत वा असहमत सबै पार्टीभित्र एकताको मूल आधारमा रहेर अघि बढौं। अब कांग्रेस नवीन उर्जा र एकतासहित रुपान्तरणको दिशामा अघि बढेको छ। रिफर्मको यात्रा शुरु भइसकेको छ।”
थापाले पार्टीको अग्रज तथा विभिन्न तहका नेता र निकायको सहयोगलाई उल्लेख गर्दै पार्टीमा अब गुटगत भागबन्डा नभइ जिम्मेवारीको स्पष्ट विभाजन हुने बताएका छन्। उनले आम सदस्य र केन्द्रको समान हैसियतमा निर्णय प्रक्रियामा सहभागिता रहने कुरा सुनिश्चित गरेका छन्।
नेपाली कांग्रेसले विगतका कमजोरीप्रति आत्म–आलोचना गर्दै उपलब्धिलाई थप संस्थागत गर्ने संकल्प लिएको उल्लेख गर्दै थापाले भने, “अब कांग्रेसले मूल्य र सिद्धान्त विपरित सम्झौता नगर्नेछ र सत्ताका लागि अप्राकृतिक गठबन्धन अन्त्य हुनेछ। लोकतन्त्र र जनअधिकारको रक्षा गर्दै समुन्नतिको नेतृत्व गर्ने हाम्रो प्रतिबद्धता छ।”
सभापति थापाले अन्ततः सम्पूर्ण शहिद, पार्टीका अग्रज, नवयुवा र आम नेपालीजनप्रति श्रद्धान्जली अर्पण गर्दै समुन्नत नेपाल निर्माणको यात्रामा सहभागी हुन पुनः अपील गरेका छन्।

Advertisement

Advertisement
Advertisement

हल्दिबारी संवाददाता

लेखकका थप सामाग्री (See author's posts)

थप समाचार (More News)

हल्दिबारी डटकम
Hover Ad Article