समाचार
हल्दिबारी संवाददाता ७ महिना अगाडि

गगन थापा र विश्वप्रकाश शर्माको देउवासँग भेट, कांग्रेस एकताको प्रयास

Writकाठमाडौं । नेपाली कांग्रेसका सभापति गगनकुमार थापा र उपसभापति विश्वप्रकाश शर्माले निवर्तमान सभापति शेरबहादुर देउवासँग भेटवार्ता गरेका छन्।
नवनिर्वाचित सभापति र उपसभापतिद्वय शनिबार दिउँसो देउवाको निवास महाराजगञ्ज पुगेर भेटेका हुन्। भेटमा पछिल्लो राजनीतिक विकासक्रम र पार्टीभित्र देखिएको विवादका विषयमा छलफल भएको बताइएको छ।
कांग्रेसका प्रवक्ता देवराज चालिसेका अनुसार भेटमा पार्टीलाई एकताबद्ध राख्ने विषय मुख्य एजेन्डा थियो। विशेष महाधिवेशनपछि देखिएको मतभेद र त्यसले संगठनमा पारेको प्रभावबारे पनि कुराकानी भएको उनले बताए।
निर्वाचन आयोगले विशेष महाधिवेशन पक्षधरलाई वैधता दिएपछि देउवा पक्षका केही नेताहरू अदालत जाने तयारीमा छन्। तर माघ ६ गते प्रत्यक्षतर्फको उम्मेदवारी दर्ता गर्नुपर्ने समयसीमा नजिकिँदै गएकाले कानुनी प्रक्रियाभन्दा अघि राजनीतिक सहमतिमार्फत समस्या समाधान गर्ने प्रयास थापाले थालेको कांग्रेस नेताहरूको भनाइ छ।
यसअघि विशेष महाधिवेशनपछि देउवा पक्षले गगन थापा र विश्वप्रकाश शर्मालाई पाँच वर्षका लागि पार्टीबाट निष्कासन गरेको थियो। पछिल्लो भेटलाई कांग्रेसभित्रको तनाव कम गर्ने र आगामी चुनावलाई लक्षित गर्दै पार्टीलाई एक ढिक्का बनाउने प्रयासका रूपमा हेरिएको छ।

Advertisement

Advertisement
Advertisement

हल्दिबारी संवाददाता

लेखकका थप सामाग्री (See author's posts)

थप समाचार (More News)

हल्दिबारी डटकम
Hover Ad Article