समाचार
हल्दिबारी संवाददाता ७ महिना अगाडि

झापा औद्योगिक, व्यापार, कृषि तथा पर्यटन महोत्सव–२०८२ आजदेखि शुरु

भद्रपुर, ७ पुस – झापा उद्योग बाणिज्य संघको आयोजनामा भद्रपुरमा आजदेखि झापा औद्योगिक, व्यापार, कृषि तथा पर्यटन महोत्सव–२०८२ सुरु भएको छ।

Advertisement

भद्रपुर नगरपालिका–८ स्थित मेची रंगशालामा आयोजित महोत्सवको उद्घाटन पूर्व उपप्रधानमन्त्री तथा राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष राजेन्द्र लिङ्देनले गर्नुभएको छ। महोत्सव माघ २१ गतेसम्म सञ्चालन हुने जनाइएको छ।

Advertisement

उद्घाटन समारोहमा झापा उद्योग बाणिज्य संघका कार्यवाहक अध्यक्ष एवं महोत्सव मूल आयोजक समितिका संयोजक राजकुमार राईले महोत्सवको औचित्य स्पष्ट गर्दै भन्नुभयो, “जिल्लाको समग्र आर्थिक तथा सामाजिक उत्थानका लागि महोत्सव आयोजना गरिएको हो। यसले उद्योग, व्यापार, शिक्षा, स्वास्थ्य, कृषि, पशुपंक्षी र पर्यटन क्षेत्रको प्रवद्र्धनमा टेवा पुर्‍याउनेछ।”

उहाँले महोत्सवको मुख्य उद्देश्य आन्तरिक बजार सवलीकरण, व्यावसायिक उत्थान र निकासीयोग्य वस्तुमा जोड दिनु रहेको पनि जानकारी दिनुभयो। ‘समृद्धिको आधार: आर्थिक विकास, कृषि, पर्यटन, उद्योग र व्यापार’ भन्ने नारासहित आयोजित महोत्सवमा १३० स्टलहरू राखिएका छन्। आयोजकको अपेक्षा अनुसार महोत्सवमा एक लाखभन्दा बढी अवलोकनकर्ता सहभागी हुने र रू १० करोडभन्दा बढीको कारोबार हुने छ।

महोत्सवमा स्थानीय कृषि उत्पादन, बीउबिजन, मलखाद, कृषि औजार, प्रविधि तथा यन्त्र, जडीबुटी, औषधि, पर्यटन, शैक्षिक संस्था, छाला, गार्मेन्ट, जुत्ता–चप्पल, गलैंचा, पश्मिना, सौर्य ऊर्जा, जलविद्युत, मोबाइल तथा सूचना प्रविधि, घरजग्गा, निर्माण सामग्री, बैंक तथा वित्तीय संस्था, फर्निचर र दैनिक उपभोग्य वस्तु प्रदर्शनीका लागि राखिएका छन्।

महोत्सवलाई आकर्षक बनाउन सेल्फीजोन, मनोरञ्जनात्मक खेल, स्थानीय तथा राष्ट्रिय सांगीतिक तथा हास्यव्यंग्य प्रस्तुति, स्थानीय गीत र नृत्य, सांस्कृतिक कार्यक्रम र वाल उद्यान पनि राखिएको छ। उद्घाटनमा विभिन्न जातजातिको झाँकी प्रदर्शन गरिएको थियो ।

Advertisement

हल्दिबारी संवाददाता

लेखकका थप सामाग्री (See author's posts)

थप समाचार (More News)

हल्दिबारी डटकम
Hover Ad Article