समाचार
हल्दिबारी संवाददाता ७ महिना अगाडि

बिर्तामोडमा अत्याधुनिक डर्मटोलोजी सेवा सुरु

बिर्तामोडमा अत्याधुनिक डर्मटोलोजी सेवा सुरु
बिर्तामोड — झापाको बिर्तामोडस्थित बीएण्डसी मेडिकल कलेज टिचिङ हस्पिटलले अत्याधुनिक उपकरणसहितको डर्मटोलोजी (छाला रोग) सेवा सञ्चालनमा ल्याएको छ।

Advertisement

अस्पतालले पूर्वाञ्चलमै पहिलोपटक आधुनिक प्रविधियुक्त छाला रोग उपचार सेवा सुरु गरेको दाबी गरेको छ।
बुधबार आयोजित पत्रकार सम्मेलनमार्फत अस्पतालले छाला, कपाल, नङ तथा म्यूकोसल डिसअर्डरसम्बन्धी रोगको उपचार तथा रोकथामका लागि सेवा सुचारु गरिएको जानकारी दिएको हो।अस्पतालका

Advertisement

जनसम्पर्क अधिकारी प्रमिश गिरीका अनुसार सेवा विगत ६ महिनादेखि सुरु गरिएको भए पनि अत्याधुनिक उपकरण जडानपछि एक महिनाअघिदेखि पूर्ण रूपमा सञ्चालनमा आएको हो।


“यसअघि छाला रोगको उपचारका लागि बिरामी भारत वा देशका अन्य सहर जान बाध्य थिए,” गिरीले भने, “अब झापाकै बिर्तामोडमा गुणस्तरीय र आधुनिक सेवा उपलब्ध भएको छ।” उनका अनुसार सो सेवा बिमामार्फत पनि लिन सकिने व्यवस्था गरिएको छ।


अस्पतालका अनुसार हाल दैनिक १०० जनाभन्दा बढी बिरामीले डर्मटोलोजी सेवा लिइरहेका छन्। सेवा अस्पतालको छुट्टै भवनबाट सञ्चालन भइरहेको छ। डा. अनिल तिम्सिनाको नेतृत्वमा विशेषज्ञ चिकित्सकहरूको टोलीले उपचार सेवा प्रदान गरिरहेको अस्पतालले जनाएको छ।


नयाँ तथा अत्याधुनिक उपकरण भित्रिएसँगै बिरामीको उत्साह बढेको र सेवा थप प्रभावकारी बन्दै गएको अस्पतालको दाबी छ।

Advertisement

हल्दिबारी संवाददाता

लेखकका थप सामाग्री (See author's posts)

थप समाचार (More News)

हल्दिबारी डटकम
Hover Ad Article