हल्दिबारी डटकम
Hover Ad Article
समाचार
हल्दिबारी संवाददाता ८ महिना अगाडि

बीएन्डसीका अध्यक्ष गिरीले एमाले छोडे, बालेन शाहलाई सघाउने घोषणा

झापा । झापास्थित बी एन्ड सी मेडिकल कलेजका अध्यक्ष तथा नेकपा एमालेका नेता डा. रामबाबु गिरीले पार्टी छोड्ने घोषणा गरेका छन्। उनले आगामी निर्वाचनमा झापा–५ बाट राष्ट्रिय स्वतन्त्र पार्टीका तर्फबाट प्रधानमन्त्री पदका उम्मेदवार बालेन शाहलाई समर्थन गर्ने बताएका छन्।

Advertisement

एमालेभित्र पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीका निकट सल्लाहकार मानिने डा. गिरीको पार्टी छोड्नु निर्वाचनको पूर्वसन्ध्यामा एमालेका लागि ठूलो राजनीतिक झटका ठहरिएको छ।

Advertisement

स्थानीय तहमा मात्र नभई झापामा माओवादी केन्द्र, राप्रपा, उद्योग वाणिज्य संघ र विभिन्न उद्योगी–व्यापारी समुदायमा पनि डा. गिरीको बलियो प्रभाव रहेको बताइन्छ।
राजीनामा पुष्टि गर्दै डा. गिरीले आफू परिवर्तनको पक्षमा रहेको बताएका छन्। उनले देशको वर्तमान राजनीतिक अवस्थाका लागि ओलीलाई जिम्मेवार ठहराउँदै अब नेतृत्व युवा पुस्ताले लिनुपर्ने धारणा व्यक्त गरेका छन्।

डा. गिरीले झापा–५ मा ओलीको सट्टा बालेन शाहलाई सघाउने र झापा जिल्ला मात्रै नभई प्रदेशभर राष्ट्रिय स्वतन्त्र पार्टीको प्रचार–प्रसार गर्ने योजना रहेको बताएका छन्।

Advertisement

हल्दिबारी संवाददाता

लेखकका थप सामाग्री (See author's posts)

थप समाचार (More News)