समाचार
हल्दिबारी संवाददाता ६ महिना अगाडि

चिल्ड्रेन गार्डेन अङ्ग्रेजी विद्यालय पूर्व विद्यार्थी समाजको अध्यक्षमा अभिषेक खतिवडा

हल्दिबारी गाउँपालिका वडा नं–३ मा अवस्थित चिल्ड्रेन गार्डेन अङ्ग्रेजी माध्यमिक विद्यालयमा आज एक विशेष कार्यक्रमका बीच विद्यालयका पूर्व विद्यार्थीहरू औपचारिक रूपमा संगठित भएका छन्।
विद्यालयद्वारा आयोजित पूर्व विद्यार्थी पुनर्मिलन तथा भेटघाट कार्यक्रम पश्चात् अभिषेक खतिवडाको अध्यक्षतामा ११ सदस्यीय तदर्थ समिति सर्वसम्मत रूपमा गठन गरिएको हो।
गठित समितिमा
उपाध्यक्षमा अम्बिका भट्टराई,
सचिवमा टीकाराम ढकाल,
कोषाध्यक्षमा सीता अधिकारी,
सह–सचिवमा कृतिम पोखरेल चयन भएका छन्।
यसैगरी सदस्यहरूमा आशिष खरेल, अर्पण गिरी, चिरन ढङ्गेल, प्रमिला आचार्य, अञ्जना मण्डल र सन्तोष गिरी चयन भएका छन्।
नवगठित समितिले आगामी दिनमा विद्यालयका पूर्व विद्यार्थीहरूलाई थप एकताबद्ध र संगठित गर्दै नियमित भेटघाट, पुनर्मिलन कार्यक्रम, सामाजिक तथा शैक्षिक गतिविधि र विद्यालय–समाज हितका रचनात्मक कार्यहरू सञ्चालन गर्ने लक्ष्य लिएको समितिका अध्यक्ष अभिषेक खतिवडाले जानकारी दिनुभएको छ ।
विद्यालयका प्रिन्सिपल दुर्गामणि गौतमको अध्यक्षतामा सम्पन्न कार्यक्रमको सञ्चालन तथा सहजीकरण विद्यालयका शिक्षक खिवराज भट्टराईले गर्नुभएको थियो।

Advertisement

Advertisement
Advertisement

हल्दिबारी संवाददाता

लेखकका थप सामाग्री (See author's posts)

थप समाचार (More News)

हल्दिबारी डटकम
Hover Ad Article