समाचार
हल्दिबारी संवाददाता ६ महिना अगाडि

काँकडभिट्टा नाकामा १० किलो चाँदीसहित महिला पक्राउ

झापा, १६ माघ । नेपाल–भारत सीमा क्षेत्र काँकडभिट्टा–पानीटंकी नाकास्थित पुरानो मेची पुलमा भारतीय सशस्त्र सीमा सुरक्षा बलले झापाकी ४२ वर्षीया देवीकला खड्कालाई करिब १० किलो चाँदीसहित पक्राउ गरेको छ।

Advertisement

भारतीय सशस्त्र सीमा सुरक्षा बलको पानीटंकीस्थित ‘सी’ कम्पनीले सहायक निरीक्षक विक्रमसिंह चौधरीको नेतृत्वमा विशेष अभियान सञ्चालन गर्दा शुक्रबार दिउँसो करिब १२ः४५ बजे महिला शङ्कास्पद अवस्थामा हिँडिरहेकी भेटिएकी थिइन्। जाँच गर्दा उनको झोलाभित्र लुकाइछिपाइ राखिएको दानादार चाँदी फेला परेको जनाइएको छ।

Advertisement

प्रारम्भिक सोधपुछमा महिला भन्छिन् कि भारतको बागडोगराबाट एक अपरिचित भारतीय नागरिकले चाँदी नेपाल पुर्‍याउन दिएको र त्यसबापत चार हजार रुपैयाँ दिने प्रलोभन दिएको बताए।प्रारम्भिक

अनुसन्धानले यो चाँदी अवैध रूपमा भारतबाट नेपाल ल्याइँदै गरेको देखाएको छ।पक्राउ महिला र बरामद चाँदीलाई थप कानुनी प्रक्रिया अघि बढाउन भारतीय राजस्व गुप्तचर निर्देशनालय, सिलिगुड़ी (दार्जिलिङ) मा बुझाइएको छ। यस घटनाले सीमा क्षेत्रमा बहुमूल्य वस्तुको तस्करी अझै सक्रिय रहेको सङ्केत गरेको छ।

Advertisement

हल्दिबारी संवाददाता

लेखकका थप सामाग्री (See author's posts)

थप समाचार (More News)

हल्दिबारी डटकम
Hover Ad Article