हल्दिबारी डटकम
Hover Ad Article
समाचार
हल्दिबारी संवाददाता ८ महिना अगाडि

फोनिज काठमाडौंको २२औं साधारण सभा सम्पन्न, संगठनलाई चलायमान बनाउने आग्रह

काठमाडौं, २४ माघ । नेपाल आदिवासी जनजाति पत्रकार महासंघ (फोनिज) काठमाडौं शाखाले शनिबार २२औं वार्षिक साधारण सभा सम्पन्न गरेको छ। उक्त सभामा संगठनको भविष्य र पत्रकारहरूको अधिकारका विषयमा गम्भीर छलफल भएको छ।
कार्यक्रममा फोनिज संघीय अध्यक्ष लक्की चौधरीले सरकारको भूमिका र आदिवासी जनजाति पत्रकारहरूको स्थितिमा सुधारको आवश्यकता औल्याए। उनले भने, “मातृभाषी पत्रकारहरू प्रति सरकारको दृष्टिकोण अझै विभेदकारी छ। फोनिजको पक्षमा सरकारले अहिलेसम्म टोकन मनीको रूपमा मात्रै सहयोग गरेको छ। पत्रकारहरूको पेशागत सुरक्षा र हकहितमा सुधारको आवश्यकता छ।”
अध्यक्ष चौधरीले फोनिज काठमाडौंलाई मातृभाषामा लेख्न चाहने र लेखिरहेका पत्रकारहरूलाई प्रोत्साहन गर्नुपर्ने आवश्यकता औल्याउँदै भने, “हामी काठमाडौं शाखालाई अझ सक्रिय र चलायमान बनाउनु पर्छ। संगठनको उपस्थिति हाल निकै कमजोर देखिन्छ, यसलाई बढाउन जरूरी छ।”
त्यसैगरी, उनले नेपाल पत्रकार महासंघको इतिहासलाई पनि स्मरण गर्दै भने, “वि.स. २००८ मा पत्रकार संघको स्थापना गरेर पत्रकारिता र महासंघको जन्म दिनेहरूलाई अहिले मान्यता नदिइएर बाहिर राखिएको महसुस भइरहेको छ।” उनले फोनिजलाई सत्य र न्यायका पक्षमा संघर्ष गर्ने एजेण्डा बनाउँदै आंदोलनको तयारी गर्नुपर्ने बताएका छन्।
कार्यक्रममा फोनिज काठमाडौकी कोषाध्यक्षले आर्थिक प्रतिवेदन प्रस्तुत गरेकी थिइन् भने, सचिव रत्नकाजी महर्जनले संगठनको प्रतिवेदन प्रस्तुत गरे।
फोनिज काठमाडौंका अध्यक्ष भीम लामाले संघीय संरचनाका अवरोधका कारण कार्यमा समस्या आएको भन्दै अध्यक्ष समक्ष थप पहलको अनुरोध गरे। उनले भने, “हामीले काम गर्न चाहँदा पनि विधान र फोनिज केन्द्रको दबाबले समस्या उत्पन्न भएको छ। अब तत्काल पहल गरिदिन अनुरोध गर्दछु।”
कार्यक्रममा विभिन्न वक्ताहरूले शुभकामना मन्तव्य दिएका थिए।
साधारण सभाले संगठनलाई अझ सशक्त र प्रभावकारी बनाउनका लागि कदम चाल्ने आवश्यकता औल्याएको छ, जसले पत्रकारहरूको अधिकारको रक्षा गर्नका साथै आदिवासी जनजाति समुदायका मुद्दाहरूलाई प्रभावकारी ढंगले प्रस्तुत गर्न मद्दत गर्नेछ।

Advertisement

Advertisement
Advertisement

हल्दिबारी संवाददाता

लेखकका थप सामाग्री (See author's posts)

थप समाचार (More News)