समाचार
हल्दिबारी संवाददाता ६ महिना अगाडि

झापा-३ मा एमालेले ५०१ सदस्यीय स्वयमसेवक परिचालन समिति गठन, सागर पोर्तेल कमाण्डर

हल्दीबारी, माघ २८ – झापा क्षेत्र नं. ३ मा नेकपा (एमाले) ले सागर पोर्तेलको नेतृत्वमा ५०१ सदस्यीय स्वयमसेवक परिचालन समिति गठन गरेको छ। आज भएको प्रथम विस्तारित बैठकले पोर्तेललाई कमाण्डर बनाउँदै क्षेत्रदेखि मतदान केन्द्रको वुथसम्म पार्टीको निर्वाचन परिचालनको जिम्मा दिएको छ।
निर्वाचन परिचालन समितिका प्रमुख बसन्त बानियाँले जानकारी दिनुभयो कि सहकमाण्डरको जिम्मेवारी बासु वन, मेरुन योङहाङ, प्रेम घिमिरे र अभिशेक प्रधानलाई प्रदान गरिएको छ भने सचिवको जिम्मेवारी उमेश मिश्रलाई दिइएको छ। समितिले क्षेत्र, पालिका, वडा र मतदान केन्द्रसम्म स्वयमसेवक परिचालनमार्फत् पार्टीका गतिविधिहरू सहजीकरण गर्नेछ।
विस्तारित बैठक एमालेका केन्द्रीय सदस्य तथा समानुपातिक उम्मेदवार जीतु गौतमको प्रमुख आतिथ्यतामा सम्पन्न भएको थियो। बैठकमा प्रतिनिधिसभा सदस्यका उम्मेदवार हरिबहादर राजवंशी, पार्टीका जिल्ला अध्यक्ष प्रेम बहादुर गिरी लगायत अन्य नेताहरू उपस्थित थिए।
एमालेले मतदाता सामूहिक परिचालन र निर्वाचन व्यवस्थापनमा सक्रिय सहभागिता सुनिश्चित गर्न यो समिति गठन गरेको बताइएको छ।

Advertisement

Advertisement
Advertisement

हल्दिबारी संवाददाता

लेखकका थप सामाग्री (See author's posts)

थप समाचार (More News)

हल्दिबारी डटकम
Hover Ad Article