समाचार
हल्दिबारी संवाददाता ६ महिना अगाडि

झापामा बुबाको जलेको घर हेरेर फर्किए ओली

झापा। नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले गत भदौँ २३–२४ गतेको जेनजी आन्दोलनमा जलेको बुबाको घर अवलोकन गर्नुभएको छ। भद्रपुर–१ स्थित हिमालीमा रहेको घर जलेपछि अध्यक्ष ओली पहिलो पटक त्यहाँ पुग्नुभएको हो।
काठमाडौं फर्किने क्रममा श्रीमती राधिका शाक्यसहित उहाँ घर पुगेका थिए। त्यहाँका छिमेकीहरूले बुबाको हालखबर सोध्दा अध्यक्ष ओलीले जवाफ दिनुभयो, “यो जलेको घर हेर्न कसरी पठाउने, यो घटनाबारे बुबालाई थाहा पनि दिएका छैनौं।”
झापा–५ मा चुनावी भेटघाट सम्पन्न गरी एक सातासम्म मतदातासँग भेटघाट गर्नुभएका अध्यक्ष ओली आज काठमाडौं फर्किनु भएको हो।

Advertisement

Advertisement
Advertisement

हल्दिबारी संवाददाता

लेखकका थप सामाग्री (See author's posts)

थप समाचार (More News)

हल्दिबारी डटकम
Hover Ad Article