हल्दिबारी डटकम
Hover Ad Article
समाचार
हल्दिबारी संवाददाता ७ महिना अगाडि

शिक्षक पेशा कस्तो पेशा हो?

कसैले भन्छन्, “मेरो छोरो नकुटी पढाइ दिनु।”
कसैले भन्छन्, “जसरी हुन्छ जान्ने बनाइदिनु।”
कसैले भन्छन्,
“हातखुट्टा नभाँची पनि सिकाइ दिनु।”
कसैले भन्छन्,
“छोरो कुटेको दाग आयो भने त्यसको ज्यान लिन्छु र कानुन अनुसार जेल जान्छु।”
मेरो एउटा सन्तान मेरो भविष्य हो।
कमजोर छ शरीर भने पनि,
भन्छन्, “जसरी भए पनि उसको जागिर जालोस्।”
शिक्षकले खाली कागज रङ्गीन बनाइदिनुपर्छ।
काँचो माटोलाई आकार दिनुपर्छ।
अन्धकार हटाएर उज्यालो छरिदिनुपर्छ।
कहिले गुरु बन्नुपर्छ, कहिले शिक्षक बन्नुपर्छ।
सुन्दर भविष्य निर्माण गरिदिनुपर्छ।
आफ्ना सारा खुसी त्याग्नुपर्छ।
लौ, भन्नुस् त हजुर,
के अभिभावकले आफ्ना सन्तानलाई
एक थप्पड नहानिकन हुर्काउन सक्छन् होला?

Advertisement


– शान्ता उप्रेती, गोलधाप

Advertisement

Advertisement

हल्दिबारी संवाददाता

लेखकका थप सामाग्री (See author's posts)

थप समाचार (More News)