समाचार
हल्दिबारी संवाददाता ६ महिना अगाडि

इलामको माइजोगमाई गाउँपालिकामा आगलागी, एक घर पूर्ण रूपमा नष्ट


इलाम: माइजोगमाई गाउँपालिका–१ अन्तर्गत नयाँबजार–प्याङ सडक खण्डमा पर्ने तारेभीर नजिक गोले कान्छाको घरमा बिहीबार बेलुका आगलागी हुँदा एक घर पूर्ण रूपमा जलेर नष्ट भएको छ।
आगलागीबाट करिब तीन लाख रुपैयाँ बराबरको क्षति भएको ईलाका प्रहरी कार्यालय नयाँबजार ले जनाएको छ। आगलागीको कारण भने हालसम्म खुल्न सकेको छैन।
घटनापछि राहतका लागि गाउँपालिका अध्यक्ष कुशबहादुर थेवे, उपाध्यक्ष प्रविना राई, वडा नं. १ का वडासदस्य भक्तबहादुर चेमजोङ तथा वडा नं. ६ का वडासदस्य मिङ्मा शेर्पालगायतले आज बिहान प्रभावित परिवारलाई प्रारम्भिक राहत सामग्री हस्तान्तरण गरेका छन्।
गाउँपालिकाले आवश्यक प्रक्रिया पूरा गरी आर्थिक सहयोगसमेत उपलब्ध गराउने अध्यक्ष थेवेले जानकारी दिएका छन्।

Advertisement

Advertisement
Advertisement

हल्दिबारी संवाददाता

लेखकका थप सामाग्री (See author's posts)

थप समाचार (More News)

हल्दिबारी डटकम
Hover Ad Article