समाचार
हल्दिबारी संवाददाता ६ महिना अगाडि

झापामा लागुऔषधसहित दुई जना पक्राउ

झापा । कई झापाको गौरीगंज गाउँपालिका–२ आपगाछीबाट ब्राउन सुगरसहित दुई जना पक्राउ परेका छन्।
जिल्ला प्रहरी कार्यालय झापाका अनुसार मिति २०८२ फागुन १ गते दिउँसो करिब १:४५ बजे दक्षिण आँपगाछीबाट उत्तर बाहुनटोलतर्फ आउँदै गरेको मे १० प ८४३२ नम्बरको स्कुटीलाई गोप्य सूचनाका आधारमा प्रहरी चौकी कोरोबारीबाट खटिएको टोलीले जाँच गरेको थियो।
जाँचका क्रममा स्कुटीको पछाडि सवार झापा कमल गाउँपालिका–५ बस्ने करिब ४० वर्षीय सूर्य बहादुर विकको साथबाट प्लास्टिकसहित ४२ ग्राम ८१० मिलिग्राम ब्राउन सुगरजस्तो देखिने लिसाइलो पदार्थ फेला परेको प्रहरीले जनाएको छ।
उक्त पदार्थसहित विक र स्कुटी चालक सोही स्थानका २२ वर्षीय सञ्जोक राईलाई नियन्त्रणमा लिइएको प्रहरीले जनाएको छ।
पक्राउ परेका दुवै जना, बरामद लागुऔषध र स्कुटीसहित इलाका प्रहरी कार्यालय गौरीगंजमा राखी थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।

Advertisement

Advertisement
Advertisement

हल्दिबारी संवाददाता

लेखकका थप सामाग्री (See author's posts)

थप समाचार (More News)

हल्दिबारी डटकम
Hover Ad Article