समाचार
हल्दिबारी संवाददाता ६ महिना अगाडि

हल्दीबारीमा ३१औँ जनयुद्ध दिवस तथा रक्तदान कार्यक्रम सम्पन्न

झापा — हल्दीबारी गाउँपालिकामा ३१औँ जनयुद्ध दिवस तथा रक्तदान कार्यक्रम भव्य रूपमा सम्पन्न भएको छ।
नेपाली कम्युनिष्ट पार्टी तीन नम्बर क्षेत्रीय कमिटीको आयोजनामा सम्पन्न रक्तदान कार्यक्रममा संविधानसभा सदस्य पूर्णप्रसाद राजवंशी, प्रतिनिधि सभा सदस्य उम्मेदवार डिल्ली घिमिरे ‘हिक्मत’ लगायत १९ जनाले रक्तदान गरेका थिए।
त्यसैगरी साँझ हल्दीबारी गाउँ कमिटीको आयोजनामा हल्दीबारी गाउँपालिका–२ स्थित भजन चोकमा दीप प्रज्वलनसहित ३१औँ जनयुद्ध दिवस मनाइएको थियो।
कार्यक्रमका प्रमुख अतिथि, नेपाली कम्युनिष्ट पार्टीका प्रदेश कमिटी सचिवालय सदस्य तथा संविधानसभा सदस्य मोहन टुडुले जनयुद्ध दिवसको ऐतिहासिक महत्वबारे प्रकाश पार्दै आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा निर्वाचनका विषयमा धारणा राखेका थिए।
रक्तदान तथा जनयुद्ध दिवस कार्यक्रममा पार्टीका नेता–कार्यकर्ता तथा स्थानीय सर्वसाधारणको उल्लेखनीय उपस्थिति रहेको थियो।

Advertisement

Advertisement
Advertisement

हल्दिबारी संवाददाता

लेखकका थप सामाग्री (See author's posts)

थप समाचार (More News)

हल्दिबारी डटकम
Hover Ad Article