हल्दिबारी डटकम
Hover Ad Article
समाचार
हल्दिबारी संवाददाता ६ वर्ष अगाडि

क्वारेन्टाइनमा बसेका युवाले गरे आत्महत्या

क्वारेन्टिन

उदयपुर जिल्लाको रौतामाई गाउँपालिका–१ मुर्कुचीस्थित जनता क्याम्सको क्वारेन्टाइनमा राखिएको एक युवकले बिहीबार राति श्रीमतीको सलले घाँटीमा बेरेर आत्महत्या गरेका छन् ।

Advertisement

आत्महत्या गर्नेमा सोही गाउँपालिका–७ गुराँसेका १९ वर्षीय सुमन विक रहेको रौतामाई गाउँपालिकाका अध्यक्ष गजेन्द्रकुमार खड्काले बताए । केही दिनअघि श्रीमतीसँगै काठमाडौँबाट घर आउने क्रममा विकलाई जनता क्याम्स मुर्कुचीको क्वारेन्टाइनमा राखिएको रौतामाई गाउँपालिकाले जनाएको छ ।

Advertisement

श्रीमतीको सल निकालेर भित्ताको रडमा बाँधी घाँटीमा बेरिएर विकले आत्महत्या गरेको खुल्नमा आएको अध्यक्ष खड्काले बताए ।

Advertisement

हल्दिबारी संवाददाता

लेखकका थप सामाग्री (See author's posts)

थप समाचार (More News)