समाचार
हल्दिबारी संवाददाता ६ महिना अगाडि

बच्चाहरू किन डरपोक बन्छन्?

कोलकाता: बाल्यकालमा कोमल मनमा अत्यधिक दबाब परेमा बालबालिका भयभीत र संकोची बन्दै जान्छन्।विज्ञहरूका

Advertisement

अनुसार जहाँ घरमा निरन्तर गालीगलौज वा कुटपिटको वातावरण हुन्छ, त्यहाँका बालबालिका प्रायः सहमेका र अन्तर्मुखी देखिन्छन्। उनीहरू एक्लै बस्न रुचाउँछन् र अरूसँग संवाद गर्न हिच्किचाउँछन्।

Advertisement

दुर्घटना, हिंसा वा यौन दुव्र्यवहारजस्ता घटनाको अनुभवले पनि बालमनमा गहिरो डर बस्न सक्छ। डर लाग्ने चलचित्र, कथाहरू वा विद्यालयमा हुने बुलिङको असरले समेत उनीहरूको व्यवहार परिवर्तन हुन सक्छ।

विज्ञहरू भन्छन्, बालबालिकालाई भयमुक्त राख्न अभिभावकले उनीहरूसँग खुला संवाद गर्नुपर्छ। पढाइसँगै खेलकुद र सिर्जनात्मक क्रियाकलापका लागि पर्याप्त समय दिनु आवश्यक छ। राम्रो काममा प्रशंसा र प्रोत्साहनले आत्मविश्वास बढाउँछ।

सानोतिनो कुरामा दण्ड दिनु वा कुटपिट गर्नुको सट्टा माया, स्नेह र आत्मीय व्यवहार आवश्यक हुन्छ। प्रेरणादायी कथा सुनाउने र समय-समयमा घुम्न लैजाने जस्ता उपायले बालबालिकाको मानसिक विकास सुदृढ हुन्छ। उचित मार्गदर्शन र सकारात्मक वातावरणले मात्र उनीहरूलाई साहसी र आत्मविश्वासी बनाउँछ।

Advertisement

हल्दिबारी संवाददाता

लेखकका थप सामाग्री (See author's posts)

थप समाचार (More News)

हल्दिबारी डटकम
Hover Ad Article