समाचार
हल्दिबारी संवाददाता ६ महिना अगाडि

झापाको कचनकवलमा कलको पानी जम्ने खाल्डोमा डुबेर  नाबालकको मृत्यु

कचनकवल, झापा । झापाको कचनकवल गाउँपालिकामा पानी जमेको खाल्डोमा डुबेर एक १४ महिनाका नाबालकको दुखद मृत्यु भएको छ। कचनकवल–२ हर्दासभिट्टा निवासी खेलराज राजवंशीका छोरा प्रियांस राजवंशीको सोमबार साँझ पानीमा डुबेर ज्यान गएको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ।

Advertisement

​जिल्ला प्रहरी कार्यालय झापाका प्रवक्ता प्रहरी नायब उपरीक्षक खगेन्द्रबहादुर खड्काका अनुसार, बालक सोही गाउँपालिकाको वडा नं. ३ दल्कीस्थित आफ्नो मामाघरमा गएका थिए। त्यहाँ खेल्ने क्रममा कलको पानी जम्नका लागि बनाइएको खाल्डोमा उनी अचानक डुबेका थिए। बालकलाई अचेत अवस्थामा देखेपछि परिवारका सदस्यहरूले तत्काल उद्धार गरी उपचारका लागि बिर्तामोडस्थित बीएण्डसी अस्पताल पुर्‍याएका थिए।

Advertisement

​अस्पताल पुर्‍याउनासाथ चिकित्सकहरूले उनलाई मृत घोषित गरेका थिए। हिजो साँझ करिब ६ बजे भएको यस हृदयविदारक घटनाले स्थानीय क्षेत्र शोकमग्न बनेको छ। प्रहरीले घटनाका सम्बन्धमा आवश्यक मुचुल्का तयार गरी थप अनुसन्धान भइरहेको जानकारी दिएको छ।

Advertisement

हल्दिबारी संवाददाता

लेखकका थप सामाग्री (See author's posts)

थप समाचार (More News)

हल्दिबारी डटकम
Hover Ad Article