समाचार
हल्दिबारी संवाददाता ६ महिना अगाडि

हल्दीवारीमा निर्वाचन तयारी सम्बन्धी बैठक: कर्मचारी र प्रधानाध्यापकहरू सहित महत्वपूर्ण छलफल

हल्दीवारी, फागुन ५। आउँदो फागुन २१ गतेको निर्वाचनलाई लक्षित गर्दै हल्दीवारी गाउँपालिकामा आयोजित बैठकमा आकस्मिक सेवाहरूको निरन्तरता, निर्वाचन आचारसंहिता को पूर्ण पालना तथा कर्मचारीहरूले निर्वाचन अवधिभर पालना गर्नुपर्ने आचरणबारे महत्वपूर्ण छलफल सम्पन्न भएको छ।

Advertisement

बैठकमा गाउँपालिकाका कर्मचारीहरूसँगै स्थानीय विद्यालयका प्रधानाध्यापकहरूले समेत सक्रिय रूपमा भाग लिएका थिए। छलफलका क्रममा सेवाग्राहीलाई सहज, प्रभावकारी र अविच्छिन्न सेवा प्रवाह सुनिश्चित गर्दै स्वच्छ, निष्पक्ष र मर्यादित निर्वाचन वातावरण निर्माणमा सबै पक्ष प्रतिबद्ध रहने प्रतिबद्धता व्यक्त गरिएको योजना शाखा प्रमुख राजन न्यौपानेले बताउनुभयो ।

Advertisement

बैठकको अध्यक्षता प्रमुख प्रशासकीय अधिकृत मान बहादुर बन (महेंद्र) ले गर्नुभएको थियो। यस अवसरमा निर्वाचन तयारी, कर्मचारीको जिम्मेवारी र विद्यालयस्तरीय सहभागिताको महत्त्वपूर्ण पक्षहरूमा विशेष जोड दिइएको थियो।

न्यौपानेका अनुसार, गाउँपालिकाले निर्वाचन अवधिभर कर्मचारीहरूको आचारसंहिता पालनामा सतर्कता अपनाउने र सेवाग्राहीहरूको सुविधा सुनिश्चित गर्न पूर्ण तयारी गरेको जनाएको छ।

Advertisement

हल्दिबारी संवाददाता

लेखकका थप सामाग्री (See author's posts)

थप समाचार (More News)

हल्दिबारी डटकम
Hover Ad Article