समाचार
हल्दिबारी संवाददाता ६ महिना अगाडि

बिर्तामोड स्थित महिला विकास सुधार केन्द्रमा राखिएकी ३२ वर्षीया सुष्मा लिम्बूको मृत्यु

बिर्तामोड, झापा । बिर्तामोडको एक सुधार केन्द्रमा उपचारका लागि राखिएकी महिलाको मृत्यु भएको छ। अर्जुनधारा नगरपालिका–११ स्थित क्षितिज महिला विकास सुधार केन्द्रमा रहेकी शिवसताक्षी नगरपालिका–१० माईधार निवासी ३२ वर्षीया सुष्मा लिम्बूको मृत्यु भएको हो। अत्यधिक मदिरा सेवनका कारण स्वास्थ्यमा समस्या देखिएपछि उनलाई फागुन ३ गतेदेखि उक्त सुधार केन्द्रमा राखिएको थियो।

Advertisement

हिजो बिहान करिब ९:१५ बजे अचानक पेट दुखेपछि उनलाई तत्काल उपचारका लागि बिर्तामोडस्थित बीएण्डसी अस्पताल लगिएको थियो। अस्पताल पुर्‍याउनासाथ चिकित्सकले परीक्षण गरी उनलाई मृत घोषणा गरेका थिए। घटनाको जानकारी पाएलगत्तै इलाका प्रहरी कार्यालय बिर्तामोडबाट प्रहरी टोली खटिएर आवश्यक अनुसन्धान सुरु गरेको छ।

Advertisement

हिजो साँझ नै मृतक लिम्बूको शवलाई कानुनी प्रक्रिया पूरा गरी पोस्टमार्टमका लागि भद्रपुरस्थित प्रादेशिक अस्पताल पठाइएको प्रहरीले जनाएको छ। सुधार केन्द्रमा भएको यो मृत्युको घटनालाई लिएर प्रहरीले गम्भीरतापूर्वक अनुसन्धान गरिरहेको र पोस्टमार्टम रिपोर्ट आएपछि मृत्युको वास्तविक कारण खुल्ने बताइएको छ।

Advertisement

हल्दिबारी संवाददाता

लेखकका थप सामाग्री (See author's posts)

थप समाचार (More News)

हल्दिबारी डटकम
Hover Ad Article