हल्दिबारी डटकम
Hover Ad Article
समाचार
हल्दिबारी संवाददाता ७ महिना अगाडि

झापाको मेचीनगरमा बेवारिसे अवस्थामा नवजात शिशु मृत फेला

मेचीनगर, झापा । झापाको मेचीनगर नगरपालिका वडा नम्बर २ स्थित भृकुटी चोकमा एक नवजात शिशु मृत अवस्थामा फेला परेका छन्। स्थानीय दिपक बरालको खाली जग्गामा आज बिहान करिब ९:०० बजेको समयमा अन्दाजी ३ महिनाको जस्तो देखिने सालनाल सहितको शिशु बेवारिसे अवस्थामा मृत फेला परेको हो। शिशुको लिङ्ग भने खुल्न सकेको छैन।

Advertisement

घटनाको जानकारी पाउनासाथ इलाका प्रहरी कार्यालय काँकरभिट्टाबाट प्रहरी टोली घटनास्थलमा खटिएको थियो। प्रहरीले घटनास्थलको प्रारम्भिक जाँचबुझ गरी कानुनी प्रक्रिया तथा मुचुल्का उठाउने कार्य सम्पन्न गरेको छ।

Advertisement

प्रहरीका अनुसार मृत फेला परेको शिशुको शवलाई थप परीक्षण र पोस्टमार्टमका लागि भद्रपुरस्थित प्रादेशिक अस्पताल पठाइएको छ। शिशुलाई कसले र किन त्यहाँ छाडेको हो भन्ने विषयमा हालसम्म केही खुल्न सकेको छैन। यस घटनाका बारेमा प्रहरीले सुक्ष्म ढङ्गले थप अनुसन्धान गरिरहेको जनाएको छ।

Advertisement

हल्दिबारी संवाददाता

लेखकका थप सामाग्री (See author's posts)

थप समाचार (More News)