समाचार
हल्दिबारी संवाददाता ६ महिना अगाडि

१७ औँ राष्ट्रपति रनिङ शिल्ड खेलकुद आगामी वर्ष हल्दीबारी गाउँपालिकामा हुने

१७ औँ राष्ट्रपति रनिङ शिल्ड खेलकुद आगामी वर्ष हल्दीबारी गाउँपालिकामा हुने गाउँपालिकामा हुने भएको छ।

Advertisement

१६ औँ राष्ट्रपति रनिङ शिल्डको समापन अवसरमा झापा जिल्ला खेलकुद परिषद्का अध्यक्ष भेषराज भण्डारीले कार्यक्रममा उपस्थित स्थानीय निकायका पदाधिकारीहरुलाई खेलकुदको झण्डा र प्रतिज्ञापत्र हस्तान्तरण गरेका थिए।

Advertisement


समापन समारोहमा गौरादह गाउँपालिकाका अध्यक्ष छत्रपति सुवेदी, अर्जुनधारा नगरपालिकाकी उपमेयर खडगमाया पराजुली, हल्दीबारी गाउँपालिकाका प्रवक्ता एवम् वडा नं १ का वडा अध्यक्ष देवीबहादुर थापा, खेलकुद संयोजक एवम् वडा नं ४ का वडा अध्यक्ष सन्तकुमार थापा लगायतले सहभागिता जनाएका थिए।


यस अवसरमा अध्यक्ष भेषराज भण्डारीले आगामी वर्ष हुने प्रतियोगितामा सबै पालिकाका खेलाडीहरुको उत्साहपूर्ण सहभागिता र उत्कृष्ट खेल प्रदर्शनको अपेक्षा व्यक्त गर्दै खेलकुदले युवापिढीलाई अनुशासन र एकताको पाठ सिकाउने औचित्यमा जोड दिएका थिए।


हल्दीबारी गाउँपालिकाका अधिकारीहरुले आगामी राष्ट्रपति रनिङ शिल्ड खेलकुदका लागि आवश्यक तयारी र व्यवस्थापनमा सबै तहका सरोकारवालासँग सहकार्य गर्ने प्रतिबद्धता व्यक्त गरे। यसले स्थानीय स्तरमा खेलकुदको प्रवर्द्धन मात्र नभई युवा र विद्यार्थी वर्गमा खेलप्रतिको रुचि र सहभागिता बढाउने विश्वास व्यक्त गरिएको छ।

Advertisement

हल्दिबारी संवाददाता

लेखकका थप सामाग्री (See author's posts)

थप समाचार (More News)

हल्दिबारी डटकम
Hover Ad Article