समाचार
हल्दिबारी संवाददाता ५ महिना अगाडि

कनकाईमा रिडर्स क्लब गठन, बालबालिकाको पठन यात्रा सुरु

सुरुङ्गा ,झापा । कनकाई नगरपालिका: पठन संस्कृतिको विकास र बालबालिकामा पुस्तकप्रतिको आकर्षण बढाउने उद्देश्यले डायनामिक पब्लिक लाइब्रेरी कनकाई (DPL)ले रिडर्स क्लब गठन कार्यक्रम आयोजना गरेको छ।

Advertisement

वडा नं. ७ अन्तर्गत रहेको फक्तालुङ एजुकेसन फाउन्डेसन र भृकुटी माध्यमिक विद्यालयमा क्लब गठन गरिएको आयोजकले जानकारी दिएको छ।

Advertisement

रिडर्स क्लबमार्फत नियमित पठन कार्यक्रम, पुस्तक समीक्षा, साहित्यिक छलफल तथा अन्य सिर्जनात्मक गतिविधिहरू सञ्चालन गरिने योजना रहेको छ।

कार्यक्रम DPL कनकाई शाखा अध्यक्ष ओम विक्रम नेम्वाङको अध्यक्षतामा सम्पन्न भएको थियो। स्वागत तथा औचित्यमाथि उपाध्यक्ष अर्बिट कडरिया, क्लब गठन प्रक्रियाको सहजीकरण लक्ष्मी प्रसाद अधिकारी र कार्यक्रम सञ्चालन रिजन तिम्सिनाले गरेका थिए।

कार्यक्रममा भृकुटी माविका सहायक प्रधानाध्यापक कुमार खरेल, साहित्यिक क्लब संयोजक डिल्लीराम चापागाईं, शिक्षक शिशिर भट्टराई, निर्देशक तारा उप्रेती, कोषाध्यक्ष सृजना लिम्बू लगायतको उपस्थिती रहेको थियो।

आयोजकका अनुसार रिडर्स क्लबलाई कनकाई नगरपालिका अन्तर्गतका अन्य विद्यालय र समुदायसम्म विस्तार गरिनेछ। साथै, आगामी फाल्गुन १५ गतेदेखि ‘कलम चौतारी’ कार्यक्रम सञ्चालन गरिनेछ, जसले बालबालिकाको लेखन अनुभवलाई प्रोत्साहन दिनेछ।

अध्यक्ष ओम विक्रम नेम्वाङले आगामी दिनहरूमा पठन संस्कृतिको विकासमा जोड दिँदै यस्ता कार्यक्रम निरन्तर विस्तार गर्ने प्रतिबद्धता व्यक्त गरेका छन्।

Advertisement

हल्दिबारी संवाददाता

लेखकका थप सामाग्री (See author's posts)

थप समाचार (More News)

हल्दिबारी डटकम
Hover Ad Article