समाचार
हल्दिबारी संवाददाता ५ महिना अगाडि

प्रहरी हिरासतमा रहेका दुर्गा प्रसाईंलाई रिहा गर्न सर्वोच्चको आदेश

सर्वोच्च अदालतले व्यवसायी तथा अभियन्ता दुर्गा प्रसाईंलाई हिरासतबाट मुक्त गर्न आदेश दिएको छ। मंगलबार न्यायाधीशद्वय मनोजकुमार शर्मा र मेघराज पोखरेलको संयुक्त इजलासले प्रसाईंलाई थुनामुक्त गर्न आदेश दिएको सर्वोच्च अदालतका सूचना अधिकारी निराजन पाण्डेले जानकारी दिनुभयो। प्रसाईंलाई प्रहरीले गत फागुन ४ गते भक्तपुरस्थित उनकै निवासबाट नियन्त्रणमा लिएको थियो।

Advertisement

यसअघि पनि प्रसाईं पटक–पटक प्रहरी नियन्त्रणमा पर्दै र छुट्दै आएका थिए। गत माघ २३ गते पक्राउ परेका उनी हाजिर जमानीमा छुटेका थिए भने माघ ५ गते पोखराबाट समेत पक्राउ परेका उनीसँग प्रहरीले बयान लिएर छाडेको थियो। आगामी फागुन २१ गते हुन लागेको प्रतिनिधिसभा निर्वाचनलाई विथोल्ने खालका गतिविधि र अभियान सञ्चालन गर्न लागेको आशंकामा प्रहरीले उनलाई निगरानीमा राख्दै आएको थियो।

Advertisement

प्रसाईंले निर्वाचनका सम्बन्धमा दिएका विभिन्न अभिव्यक्तिहरूलाई आधार बनाएर प्रहरीको साइबर ब्युरोले समेत उनीमाथि अनुसन्धान गरिरहेको थियो। पछिल्लो समय निर्वाचन सुरक्षालाई मध्यनजर गर्दै प्रहरीले उनलाई पक्राउ गरे पनि सर्वोच्च अदालतको मंगलबारको आदेशसँगै उनलाई हिरासत मुक्त गर्ने बाटो खुलेको छ।

Advertisement

हल्दिबारी संवाददाता

लेखकका थप सामाग्री (See author's posts)

थप समाचार (More News)

हल्दिबारी डटकम
Hover Ad Article