हल्दिबारी डटकम
Hover Ad Article
समाचार
हल्दिबारी संवाददाता ७ महिना अगाडि

इलाममा वर्षासँगै परेको चट्याङले पुवामझुवा र माबुमा मानवीय तथा चौपाया क्षति

इलाम । इलाममा वर्षासँगै परेको चट्याङका कारण विभिन्न स्थानमा चार जना घाइते भएका छन् भने दुईवटा बाख्रा मरेका छन्।

Advertisement

इलाम नगरपालिका वडा नम्बर ३, पुवामझुवामा चट्याङ लाग्दा तीन जना घाइते भएका हुन्। घाइते हुनेहरूमा ३० वर्षीय पुष्पलाल विष्ट, ४० वर्षीय तारा खत्री र ८२ वर्षीय तिलक कुमार खत्री रहेका छन्। घाइतेमध्ये विष्टको अवस्था गम्भीर देखिएपछि उनलाई प्राथमिक उपचार पश्चात् थप उपचारका लागि झापाको बिर्तामोडतर्फ सिफारिस (रिफर) गरिएको छ। अन्य दुई घाइते तारा खत्री र तिलक कुमार खत्रीको हाल इलाम जिल्ला अस्पतालमा उपचार भइरहेको प्रहरीले जनाएको छ।

Advertisement

यसैगरी, सन्दकपुर गाउँपालिका वडा नम्बर ४, माबुमा पनि चट्याङका कारण एक जना घाइते भएका छन्। ४३ वर्षीय सहरमान गुरुङलाई चट्याङ लागेको र सोही घटनामा उनले पालेका दुईवटा बाख्रा समेत मरेको जानकारी प्राप्त भएको छ। जिल्ला प्रहरी कार्यालय इलामका अनुसार चट्याङका कारण भएको क्षतिको थप विवरण संकलन गर्ने काम भइरहेको छ।

Advertisement

हल्दिबारी संवाददाता

लेखकका थप सामाग्री (See author's posts)

थप समाचार (More News)