समाचार
हल्दिबारी संवाददाता ६ महिना अगाडि

झापामा भन्सार छलीको मालसामान बरामद, मूल्य १० लाख बढी


बिर्तामोड, फागुन १४ – झापामा भद्रपुर–बिर्तामोड सडकखण्डमा एक मारुती भ्यानबाट भन्सार छलि गरी ल्याइएको मालसामान बरामद गरिएको छ।घटना

Advertisement

गरामनीबाट खटिएको टोलीले भद्रपुरबाट बिर्तामोड तर्फ जाँदै गरेको WB 74 W 1296 नम्बरको मारुती भ्यान र भन्सार छलि गरी ल्याइएका सामान नियन्त्रणमा लिएर आवश्यक कारबाहीको लागि मेची भन्सार कार्यालय, काकडभिट्टा पठाएको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ।

Advertisement

बरामद मालसामानको कुल मूल्य ने.रू. १०,६८,०५० (दश लाख अडसठ्ठी हजार पचास) बराबर रहेको छ भने
बरामद वस्तुहरूमा मुख्य रूपमा यस प्रकार रहेको प्रहरीले जनाएको छ।

GAJAR ब्रासिलिङ प्याकेट – १०
हाईड्रोलिक जग सेट – १४
डोर मेसिन – १४
गेज पाइप – ४
केबल टाईट – ९
आउटर ह्याण्डल, सिफ्टिङ च्यानेल, वाइफर ह्याङर, बर्नट ह्याङगर लगायत ५० भन्दा बढी प्रकारका सामान।
साथै, बरामद भ्यानको मूल्य ने.रू. ५०,०००.– रहेको छ।
जिल्ला सुरक्षा टोलीले यस घटनालाई भन्सार चोरी नियन्त्रणमा सफलताको रूपमा लिएको छ। टोलीले थप अनुसन्धान जारी राखेको बताएको छ।

Advertisement

हल्दिबारी संवाददाता

लेखकका थप सामाग्री (See author's posts)

थप समाचार (More News)

हल्दिबारी डटकम
Hover Ad Article