समाचार
हल्दिबारी संवाददाता ५ महिना अगाडि

झापा–२ उम्मेदवार देवराज घिमिरेको महाकाली सन्धि स्पष्टोक्ति: “मैले कुनै हस्ताक्षर गरेको छैन”

झापा, नेपाल: झापा क्षेत्र नं. २ का प्रतिनिधिसभा सदस्यका उम्मेदवार देवराज घिमिरेले महाकाली सन्धि सम्बन्धमा हालै सामाजिक सञ्जालमा उठेका प्रश्न र प्रचार सामग्रीप्रति आफ्नो स्पष्टोक्ति दिएका छन्। घिमिरेले विज्ञप्तिमा दाबी गरेका छन् कि उनले उक्त सन्धिमा कुनै पनि रूपमा हस्ताक्षर गरेका छैनन्।

Advertisement

घिमिरेले भनेका छन्, “कुनै पनि सन्धिमा मैले हस्ताक्षर गरेको छैन। त्यस समयमा म सांसद, मन्त्री वा राज्यको कुनै जिम्मेवारीमा थिइनँ।” उनले सन्धिबारे भ्रम फैलाउने प्रयास भइरहेको र यसलाई लिएर घृणाको राजनीति नगरी अध्ययन र विश्लेषण गर्न सबै सम्बद्ध पक्षलाई आग्रह गरेका छन्।
सामाजिक सञ्जालमा केही दिनअघि उनको एक भिडियो प्रयोग गरी सोधिएको प्रश्न प्रसंगलाई उद्धृत गर्दै घिमिरेले भने, उक्त गतिविधि नियोजित भएको थाहा पाएपछि उनले जवाफ नदिएको बताए। हाल उक्त भिडियो अमुक दलको प्रचार सामग्रीमा प्रयोग भइरहेको उनको भनाइ छ।

Advertisement

घिमिरेले आफ्नो राजनीतिक जीवनको ५० वर्षको अनुभव र सेवा भावको कुरा उठाउँदै, “म राजनीतिमा व्यक्तिगत लाभ वा ओहोदा प्राप्तिका लागि नभई सेवा र जनहितका लागि सक्रिय छु,” भने। उनले विगत तीन वर्षमा आफ्नो जिम्मेवारी इमान्दारीपूर्वक निर्वाह गरेको र मतदातालाई निष्पक्ष मूल्यांकन गर्न आग्रह गरेका छन्।

पार्टीको वैकल्पिक केन्द्रीय सदस्यले छिमेकी देशसँग सन्धि गर्ने हैसियत नभएको आरोप लगाएको विषयमा घिमिरेले यो दुखद भएको उल्लेख गर्दै आफूबाट कुनै त्रुटि भेटिए विनम्रतापूर्वक स्वीकार गर्न तयार रहेको बताएका छन्।

Advertisement

हल्दिबारी संवाददाता

लेखकका थप सामाग्री (See author's posts)

थप समाचार (More News)

हल्दिबारी डटकम
Hover Ad Article