समाचार
हल्दिबारी संवाददाता ५ महिना अगाडि

रास्वपाका उम्मेदवार किशोरी शाहको उम्मेदवारी खारेज

झापा । राष्ट्रिय स्वतन्त्र पार्टीका धनुषा–१ का प्रत्यक्षतर्फका उम्मेदवार किशोरी शाहको उम्मेदवारी खारेज भएको छ। निर्वाचन आयोगले कालोसूचीमा परेको आधारमा शाहको उम्मेदवारी बदर गरेको जनाएको छ।

Advertisement

आयोग स्रोतका अनुसार बैंक तथा वित्तीय संस्थासम्बन्धी कालोसूचीमा नाम रहेको पुष्टि भएपछि उम्मेदवारी खारेज गर्ने निर्णय गरिएको हो। उम्मेदवारी दर्तापछि प्राप्त उजुरी र सम्बन्धित निकायबाट प्राप्त विवरणका आधारमा आयोगले आवश्यक छानबिन गरेको थियो।निर्वाचन आयोगले कर्जा सूचना केन्द्रको अद्यावधिक विवरणसमेत अध्ययन गरेको जनाएको छ।

Advertisement

सो विवरणअनुसार कमल निर्माण सेवा प्रालिका शेयरधनी रहेका शाह २०८० सालमा कालोसूचीमा रहेको उल्लेख छ। विभिन्न मितिमा उनको नाम एकल तथा संयुक्त रूपमा चेक बाउन्ससम्बन्धी कालोसूचीमा समावेश भएको विवरणमा देखिएको आयोग स्रोतको भनाइ छ।

निर्वाचनसम्बन्धी प्रचलित कानुनअनुसार कालोसूचीमा रहेका व्यक्तिको उम्मेदवारी बदर हुनसक्ने व्यवस्था छ। आयोगको निर्णयसँगै धनुषा–१ मा रास्वपाको उम्मेदवारी रद्द भएको हो।

Advertisement

हल्दिबारी संवाददाता

लेखकका थप सामाग्री (See author's posts)

थप समाचार (More News)

हल्दिबारी डटकम
Hover Ad Article