समाचार
हल्दिबारी संवाददाता ५ महिना अगाडि

जन्मदिनको अवसरमा सामाजिक सेवाः मेची–महाकाली बुहारी संयुक्त आवाजद्वारा ३० विपन्न बालबालिकालाई स्कूल ब्याग वितरण


बिर्तामोड, झापा : “मेची–महाकाली बुहारी संयुक्त आवाज” की केन्द्रीय अध्यक्ष चन्द्रकला काफ्लेको जन्मदिनको अवसर पारेर झापाको बिर्तामोड–७ स्थित नगर गौरव बस्तीमा रहेका विपन्न बालबालिकालाई स्टेशनरी सामग्री अन्तर्गत स्कूल ब्याग वितरण गरिएको छ।
सामाजिक उत्तरदायित्वलाई केन्द्रमा राख्दै आयोजित उक्त कार्यक्रममा ३० जना विपन्न बालबालिकालाई स्कूल ब्याग वितरण गरिएको थियो। कार्यक्रममा संस्थाका झापा जिल्ला अध्यक्ष गंगा भट्टराई, सह–संयोजक रोशनी खनाल अधिकारी, झापा जिल्ला सह–सचिव आरजू खतिवडा, जिल्ला सदस्य चन्दा उप्रेती तथा प्रीति मगर लगायतको उपस्थिति रहेको थियो।
“मेची–महाकाली बुहारी संयुक्त आवाज” देशभरिका बुहारीहरूद्वारा स्थापना गरिएको सामाजिक तथा अभियानमुखी संस्था हो। संस्थाले हाल नेपालका ५७ जिल्लामा आफ्नो शाखा विस्तार गर्दै महिला अधिकार, महिला सशक्तीकरण तथा महिला र बालबालिकामाथि हुने हिंसाविरुद्ध आवाज उठाउँदै आएको छ।
घर–परिवार र समाजमा बुहारीहरूले भोग्ने असमानता, विभेद तथा हिंसाका घटनालाई न्यूनीकरण गर्ने उद्देश्यका साथ स्थापना गरिएको यस संस्थाले महिलालाई एकताबद्ध गर्दै उनीहरूको अधिकार, सम्मान र सुरक्षाका लागि विभिन्न जनचेतनामूलक कार्यक्रम, तालिम, अन्तरक्रिया तथा सामाजिक अभियान सञ्चालन गर्दै आएको छ।
यसका साथै महिला तथा बालबालिकामाथि हुने घरेलु हिंसा, विभेद, अन्याय र दुर्व्यवहारका घटनाविरुद्ध आवाज उठाउँदै पीडितलाई सहयोग, परामर्श तथा साथ–सहयोग प्रदान गर्ने कार्यमा पनि संस्था सक्रिय रहेको छ।
मेचीदेखि महाकालीसम्मका बुहारीहरूलाई एउटै सूत्रमा बाँध्दै सामाजिक न्याय, समानता र सुरक्षित समाज निर्माण गर्ने लक्ष्यका साथ “मेची–महाकाली बुहारी संयुक्त आवाज” निरन्तर रूपमा सामाजिक अभियानमा क्रियाशील रहँदै आएको छ।

Advertisement

Advertisement

Advertisement

हल्दिबारी संवाददाता

लेखकका थप सामाग्री (See author's posts)

थप समाचार (More News)

हल्दिबारी डटकम
Hover Ad Article