हल्दिबारी डटकम
Hover Ad Article
समाचार
हल्दिबारी संवाददाता ६ महिना अगाडि

झापा–३ बाट रास्वपाका प्रकाश पाठक विजयी

झापा, भद्रपुर । प्रतिनिधिसभा सदस्य निर्वाचनअन्तर्गत झापा जिल्ला क्षेत्र नम्बर ३ मा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का उम्मेदवार प्रकाश पाठक विजयी भएका छन्।
मुख्य निर्वाचन अधिकृतको कार्यालयका अनुसार पाठकले ३८ हजार ६७४ मत प्राप्त गर्दै विजय हासिल गरेका हुन्।
उनका निकटतम प्रतिस्पर्धी राजेन्द्र प्रसाद लिङ्देनले १७ हजार २९४ मत प्राप्त गरेका छन्। लिङ्देन राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का उम्मेदवार हुन्।
यसैगरी राजेन्द्र कुमार घिमिरे (नेपाली कांग्रेस) ले ८ हजार १९९ मत, हरि बहादुर राजवंशी (नेकपा (एमाले)) ले ७ हजार ४९२ मत र दिपक तिम्सिना (श्रम संस्कृती पार्टी) ले ७ हजार ३३९ मत प्राप्त गरेका छन्।
निर्वाचन आयोगका अनुसार उक्त क्षेत्रमा कुल १ लाख ४० हजार ८५७ मतदाता रहेका थिए। तीमध्ये ८८ हजार ५६१ मत खसेको जनाइएको छ।

Advertisement

Advertisement
Advertisement

हल्दिबारी संवाददाता

लेखकका थप सामाग्री (See author's posts)

थप समाचार (More News)