हल्दिबारी डटकम
Hover Ad Article
समाचार
हल्दिबारी संवाददाता ६ महिना अगाडि

राजेन्द्र लिङ्देनले प्रकाश पाठकलाई बधाई तथा सफल कार्यकालको शुभकामना व्यक्त गरे

झापा क्षेत्र नं ३ बाट भारी मतका साथ विजयी भएका राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद प्रकाश पाठकलाई राष्ट्रिय प्रजातन्त्र पार्टीका केन्द्रीय अध्यक्ष एवं झापा क्षेत्र नं ३ का उम्मेदवार राजेन्द्र लिङ्देनले बधाई तथा सफल कार्यकालको शुभकामना व्यक्त गरेका छन्।

Advertisement


यस अवसरमा राजेन्द्र लिङ्देनले भने, “प्रिय भाइ प्रकाश पाठकलाई जितको लागि हार्दिक बधाई। तपाईंको अपार जनमत प्राप्ति र जनताका विश्वासलाई कायम राख्नका लागि तपाईंको कार्यकाल महत्वपूर्ण हुनेछ। मलाई विश्वास छ, तपाईं आफ्नो कार्यकालमा जनतालाई निराश पार्नु हुनेछैन।”
उनले थपे, “मेरो तर्फबाट सदैव सकारात्मक सहयोग तपाईंलाई रहनेछ। जनताका सेवामा समर्पित रहन तपाईंलाई शुभकामना।”

Advertisement


प्रकाश पाठकको जीतलाई जनताको इच्छाको सम्मानका रूपमा लिँदै लिङ्देनले समाजमा सकारात्मक परिवर्तन ल्याउन सबैलाई एकजुट भएर काम गर्न आग्रह गरेका छन्।

Advertisement

हल्दिबारी संवाददाता

लेखकका थप सामाग्री (See author's posts)

थप समाचार (More News)