हल्दिबारी डटकम
Hover Ad Article
स्वास्थ्य
हल्दिबारी संवाददाता ६ वर्ष अगाडि

एकैदिन १० जनामा कोरोनाभाइरसको संक्रमण पुष्टि,संक्रमितको संख्या ६९ पुग्यो

नेपालमा एकैदिन १० जनामा कोरोना संक्रमण पुष्टि भएको छ। पर्सामा १ जना र बाँकेको नेपालगन्जमा ९ जनामा कोरोना संक्रमण पुष्टि भएको हो।आइतबार स्वास्थ्य मन्त्रालयले नियमित पत्रकार सम्मेलनमार्फत् थप १० जनामा संक्रमण भएको जानकारी दिएको हो ।

Advertisement

मन्त्रालयका प्रवक्ता डा विकास देवकोटाले ९ जना नेपालगञ्जमा र एकजना पर्साका ३६ वर्षीय युवकमा कोरोना संक्रमण पुष्टि भएको जानकारी दिए ।नेपालगन्जमा भेटिएकाहरु ५ महिला र ४ जना पुरुष रहेका छन् ।

Advertisement

यससँगै नेपालमा कोराना संक्रमितको संख्या ६९ जना पुगेको छ ।हालसम्म १६ जना कोरोना निको भएर घर फर्किएका छन् ।  

Advertisement

हल्दिबारी संवाददाता

लेखकका थप सामाग्री (See author's posts)

थप समाचार (More News)