साहित्य
हल्दिबारी संवाददाता ६ वर्ष अगाडि

गुप्तबास : झमक तिम्सिना

छैन सिमाना फगत धर्ती आकास बनायो ।
के गाउँ के शहर सबैतिर गुप्तबास बनायो ।

Advertisement

मन्दिर मस्जिद गुम्बा चर्चहरु चुपचाप छन्,
मान्छे आफैं इश्वर हुनुपर्ने आभास बनायो।

Advertisement

नजिकिन चाहदैन थियो मान्छे मान्छेसँग,
त्यसैले दुरीलाई पनि उसले खास बनायो ।

ठूलोसानो ठानेन छुट्याएनअमिर गरीबको,
रातो रगत सबैको र त एउटै लास बनायो ।

इश्वर कै अवतार हो कि राक्षेसको धरामा,
मालिकै हुँ भन्नेहरुलाई पनि दास बनायो।

पर्गेल्नै सकेनन् महाशक्तिहरुले पनि कसै
खै कस्तो खेल हो कोरोनाले तास बनायो ।

Advertisement

हल्दिबारी संवाददाता

लेखकका थप सामाग्री (See author's posts)

थप समाचार (More News)

हल्दिबारी डटकम
Hover Ad Article