राजनीति
हल्दिबारी संवाददाता ६ वर्ष अगाडि

संघीय संसदको महासचिवमा डा. गौतम नियुक्त

काठमाडौं , राष्ट्रपति विद्यादेवी भण्डारीले सङ्घीय संसद्को महासचिवमा डा भरतराज गौतमलाई नियुक्त गर्नुभएको छ । प्रतिनिधिसभाका सभामुख अग्निप्रसाद सापकोटा र राष्ट्रियसभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सिनाको संयुक्त सिफारिसमा डा गौतमलाई महासचिवमा नियुक्त गर्नुभएको हो ।

Advertisement

राष्ट्रपति कार्यालयका प्रवक्ता हरिप्रसाद दाहालका अनुसार नेपालको संविधानको धारा १०६ को उपधारा ९१० बमोजिम डा गौतमलाई सङ्घीय संसद्को महासचिवमा नियुक्त गरिएको हो । डा गौतम साविक लामाचौर–५ कास्कीका स्थायी बासिन्दा हुनुहुन्छ । डा गौतम वरिष्ठ सचिवको रुपमा सङ्घीय संसद् सचिवालयमा कार्यरत हुनुहुन्थ्यो । विसं २०५१ चैत २१ गते शाखा अधिकृतका रुपमा संसद् सेवामा प्रवेश गर्नुभएका उहाँले जनप्रशासनमा ‘गोल्ड मेडलिस्ट’ एवं त्रिभुवन विश्वविद्यालयबाट जनप्रशासन व्यवस्थापनमा विद्यावारिधि गर्नुभएको छ ।

Advertisement

नवनियुक्त महासचिव गौतमले सङ्घीय संसद्को प्रशासनिक प्रमुखको रुपमा समेत जिम्मेवारी सम्हाल्नुहुनेछ । मङ्गलबार सभामुखसँग पद तथा गोपनीयताको शपथ लिएपछि उहाँले कार्यभार सम्हाल्नुहुनेछ । तत्कालीन महासचिव मनोहरप्रसाद भट्टराईको दुई कार्यकाल पूरा भएपछि कार्यवाहकको रुपमा सचिव गोपालनाथ योगीले जिम्मेवारी सम्हाल्नुभएको थियो ।रासस

Advertisement

हल्दिबारी संवाददाता

लेखकका थप सामाग्री (See author's posts)

थप समाचार (More News)

हल्दिबारी डटकम
Hover Ad Article