साहित्य
हल्दिबारी संवाददाता ६ वर्ष अगाडि

भोक कबिता आन्दोलन-२ “आस्था र हामी”

आस्थाका घरहरु भत्कदैछन,
छ्यापछ्याप्ती सडकमा पस्किएर,
मलाई शंका छ…
बादशाहहरुको अर्को संस्करण,
हामी माथी प्रहार हुदैछ,
मलाई आपत्ती छ,
भोक र् युध्द फेरि नियति नबनोस ।
यो वेला नक्कली बादशाहहरु,

Advertisement

आगोमा आस्थाहरु सेकदैछन ,
मेरो यस प्रति पनि बिमति छ।
भोक आगो हो,
यो कसैको इशारामा चल्दैन
आगोको आफ्नै गति छ,
समाज परिवर्तनका लागि,
शान्तिका लागि,
न्याय र समानता चाहिन्छ ।
अस्थाहरुको बर्को ओडेर,
यो युध्दको शूभारम्भ गर,
कोरोना तिमी आगोहरुको मुस्लो बनेर आउ,
भोकहरुको रक्त अश्रु सागर बनेर आउ,
किनकी, मोरिसकेका आस्थाहरु नबौरियोस,
हामीलाई क्रान्ति र मुक्ति चाहिएको छ,
स्पर्शले भोकहरुको सपना बनोस,
हाम्रो घर आंंगनमा रातो घामको आगमन होस ।

Advertisement

देवेन्द्रकिशोर ढुंगाना,भद्रपुर(झापा)

Advertisement

हल्दिबारी संवाददाता

लेखकका थप सामाग्री (See author's posts)

थप समाचार (More News)

हल्दिबारी डटकम
Hover Ad Article