हल्दिबारी डटकम
Hover Ad Article
बिचार
हल्दिबारी संवाददाता ६ वर्ष अगाडि

करोना एउटा रोग हो धर्म होइन : अख्तर अली खान

करोना भाइरस लाई एउटा विशेष समुदाय संग जोडेर समाजिक सद्भाव र धार्मिक सहिष्णुता माथि प्रहार गर्ने जघन्य अपराध हो। नेपाल र नेपाली बीचको एकता अखंडता र एक आपसको भाईचारा लाई जोगाइ राखने यो हामी सम्पूर्ण नेपाली को दायित्व हो। केही बिकाउ दलाल मीडिया को भरमा हामी हाम्रो एकतालाई जोखिम मा नपारौं।

Advertisement

क्षिमेकी देशको वर्तमान राजनीतिक अवस्था र त्यस माथी बिकाउ मीडियाको गैर जिम्मेवारीता को प्रभावले पनि हाम्रो देशमा नचाहने बेसलेस मुद्दाहरु को उठान भइरहनू चिंता को विषय हो। हाम्रो देश नेपालको कतिपय मीडियाहरु क्षिमेकी देशका मीडायाहरुको आधारमा एउटा विशेष समुदायको नाम लक्षित गरेर समाजिक सद्भाव र धार्मिक सहिष्णुता लाई खलबलाउने प्रयासगर्दै छन्।

Advertisement

सर्वप्रथम सम्पूर्ण नेपाली ले करोना भाइरस लाई मद्देनजर गरी देशको आर्थिक विकास मा बहस गर्न अति आवश्यक देखिन्छ यदि देशको आर्थिक स्थिति राम्रो हुन्थियो भने देशको करीब ४० देखी ५०% प्रतिशत को हाराहारीमा नेपाली नागरिक भारत लगायत विश्व भरीका देशहरुमा आज फसीएका हुन्नथिएं। हामी हाम्रो घरमा बसेर यस संकट को बेलामा पनि धार्मिक अथवा जातीय द्वन्द्व फैलाउने र समाजिक अथवा धार्मिक सद्भाव लाई खलबलाउने खालको सामाजिक संजालमा टीका टिप्पणी गर्नू करोना भन्दा ठूलो महामारी हो भन्ने कुरा यहांहरु सबैलाई स्पष्ट देखिन्छ तपनि हामी ससतो र घृणास्पद अभिव्यक्ति मा भने लतपतनै छौं। देशको वर्तमान स्थिति अनुरूप देशको आर्थिक अवस्था निकै नै जटिल रहेको हामी सबैलाई महसूस भयेकै तथ्य हो त्यस माथी नेपाली मीडिया र समाजिक संजालमा सक्रिय साथिहरु धार्मिक र जातीय आधारमा एक आपस माथी टीका-टिप्पणी गरेर देशलाई झन संकट मा धकेलीरहे का छन् र देशको आम नागरिक लाई पनि गुमराह गरिरहेका छन् ।

हाम्राे दायित्वहरु:
धर्म, जात, समुदाय र पार्टीगत अथवा व्यक्तिगत स्वार्थ भन्दा माथी उठेर देश र देशवासीहरु का हितको लागी अ-आफनो कलम चलाऔं र देशलाई नुकसान व्यहोरनू पर्ने खालको हरेक लेख र अभिव्यक्तिहरु को विरोध गरौं सम्भव छ भने तिनीहरु लाई कानूनी दायरा मा लाएर सजाय हुनेगरी पहल पनि गरौं।

अंततः समृद्ध नेपाल सुखी नेपाली बोकेका सराहनीय सपना कदापि सफल हुदैन तसर्थ हामी सम्पूर्ण नेपाली एक होऔं देश र देशको आर्थिक समाजिक संस्कृतिक धार्मिक माहौल लाई झन मजबूत र विश्वाशीलो बनाऔं भन्ने हार्दिक अपिल का साथ सम्पूर्णमा अनुरोध गर्दछु।
धन्यवाद । 

अख्तर अली खान
समाजिक कार्यकर्ता
कपिलवस्तु यशोधरा – ४ पोखरभिटवा

Advertisement

हल्दिबारी संवाददाता

लेखकका थप सामाग्री (See author's posts)

थप समाचार (More News)