हल्दिबारी डटकम
Hover Ad Article
बिचार
हल्दिबारी संवाददाता ६ वर्ष अगाडि

प्रदेस तथा स्थानीय सरकारले युवामैत्री र युवा लक्षीत कार्यक्रम ल्याउन सक्नु पर्छ : राजन न्यौपाने

अबका दिनहरुमा स्थानीय तथा प्रदेस सरकारले योजना बनाउदा विशेष गरि युवामैत्री र युवा लक्षीत कार्यक्रम ल्याउन सक्नु पर्दछ,विशेष गरि बिदेसबाट आएका युवाहरुलाई आफ्नै ठाउमा,आफ्नै गाउमा थामेर राख्न सक्ने प्रकारका कार्यक्रम तथा योजनाहरु ल्याउन सक्नु पर्दछ  १

Advertisement

उदाहरणहरु :

Advertisement

:   स्थानीय संघ सस्था लगायत उद्योग वाणिज्य संघहरुसङ्गको सहकार्य र समन्वयमा सार्वजनिक जग्गामा सामुहिक खेती, माछापालनका लागि पोखरी निर्माण, सामुहिक पशु पालन (विशेष बाख्रा, बङ्गुर पालन), सामुदायिक बनहरुमा सहकार्यमा मरिच अदुवा लगायतको खेती गर्ने l

:  इच्छुक युवाहरुलाई कृषि र भेटनरी सम्बन्धी आधारभुत तालिम, व्यापार ब्यवसाय र लघु उद्दम सन्चालन गर्न प्रेरित गर्ने र सुरुवातमा केही अनुदान सहितको निशुल्क ब्याजमा ऋण लगानी गराउने वातावरण तयार गर्ने, बैदेसिक रोजगार बाट फर्किएका तथा पढेलेखेका युवाहरुलाई उनीहरुको ग्यान,सीप,रोजाई र इच्छा अनुसार शिप ब्यवसाय,लघु उद्यम सृजना गर्नकालागी अनुदान सहितको रिण सहुलियत प्रदान गर्नु ! साथै प्रभावकारी अनुगमनको बाताबरण बनाई राम्रो गर्नेलाई पुरस्कार र नराम्रो गर्नेलाई द्ण्डको व्यवस्था गर्नेl

:  सामुहिक खेती पशुपालन गर्दा प्रत्येक ब्यक्तिलाई आ आफ्नो जमिन छुट्ट्याएर भाग लगाएर समुहभित्र व्यक्तिगत रुपमा काम गर्न लगाउने जस्ले गर्दा उस्को आफ्नो जिम्मेवारी बोध हुन्छ,त्यस्तै पशुपालनमा पनि सामुहिक भवनमा ब्यक्तिगत रुपमा बङ्गुर बाख्रा कुखुरा आदि भाग लगाएर स्याहर गर्न लगाउने उपभोक्ता समितिहरु निर्माण गर्दा युवाहरुलाई प्राथमिकता दिएर गठन गराउने‘बाटोमा गिटी बालुवा हालेको बर्सौ भैसक्यो, यसपाली गिटि बालुवालाई कम प्राथमिकता दिऔ, मानविय र आर्थिक बिकासलाई पहिलो प्राथमिकता दिऔ l

राजन न्यौपाने , प्रशासकीय अधिकृत हल्दिवारी गाउँपालिका ,झापा ( नेपाल )

Advertisement

हल्दिबारी संवाददाता

लेखकका थप सामाग्री (See author's posts)

थप समाचार (More News)