समाचार
हल्दिबारी संवाददाता ६ वर्ष अगाडि

नेपालमा थप १७ जना कोरोना संक्रमित :संक्रमितको संख्या ९९ सय पुग्यो

काठमाडौं । नेपालमा पनि कोरोनाभाइरस (कोभिड १९)को संक्रमित संख्या दिनानुदिन बढ्न थालेको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयकाअनुसार बुधबार दुई महिने शिशुसहित १७ जनामा कोरोनाभाइरस पोजेटिभ देखिएको हो ।

Advertisement

कोरोनाभाइरसको अपडेट गराउन आयोजित मन्त्रालयको नियमित पत्रकार सम्मेलनमा मन्त्रालयका प्रवक्ता डा. विकाश देवकोटाले बुधबार दुई महिने शिशुसहित १७ जनामा कोरोना संक्रमण भएको जानकारी दिए ।

Advertisement

उनकाअनुसार संक्रमित १७ जना पर्साको वीरगञ्जका रहेका र १० जना पुरुष र ७ जना महिला छन् । योसँगै नेपालमा कोरोनाभाइरस संक्रमितको संख्या ९९ सय पुगेको छ भने उपचारपछि निको भएकाहरु संख्या २२ रहेको छ ।

Advertisement

हल्दिबारी संवाददाता

लेखकका थप सामाग्री (See author's posts)

थप समाचार (More News)

हल्दिबारी डटकम
Hover Ad Article