साहित्य
हल्दिबारी संवाददाता ६ वर्ष अगाडि

” शमशान जीन्दगी ” :दयानन्द गौस्वामि

प्रत्येक साजमा जब तिम्लाई गाएँ
गाएर म आफूमा स्वयं नै हराएँ,

Advertisement

ओझल हुँदा मेरा नजर हरु बाट
शमशान सरह नै भयो जीन्दगी,

Advertisement

आत्मा विहिन यो खोक्रो तमोर
मृत्यु सरह एउटा ईकाई नै भयो,

जन्म जन्मको कस्तो बन्धन योरु
वा जीवन सुल्झाउने सिखाई भयो,

स्पन्दनहरू ले तिम्लाई सम्झिँदा
म आफू तिम्रो नाममा दर्ज भएँ,

आभाष हुन्छौ मेरो छाया वरिपरि
अधिष्ठाता संग गर्दछु म बन्दगी,

ओझल हुँदा मेरा नजर हरु बाट
शमशान सरह नै भयो जीन्दगी,

मेरो गीतमा नै छ त्यो सजीवता
जहाँ छ प्रेमको व्यथित मर्मकथा,

प्रत्येक हरफहरू रक्तले लेखिएको
मर्मज्ञविहिन , अशेष अनन्त व्यथा,

विरहमा कहिल्यै श्याम बनेको थ्यें
पाउँदा म राधा सरी नै रोएको थ्यें,

प्रत्येक साजमा जब तिम्लाई गाएँ
गाएर म आफूमा स्वयं नै हराएँ,

ओझल हुँदा मेरा नजर हरु बाट
शमशान सरह नै भयो जीन्दगी।

Advertisement

हल्दिबारी संवाददाता

लेखकका थप सामाग्री (See author's posts)

थप समाचार (More News)

हल्दिबारी डटकम
Hover Ad Article