हल्दिबारी डटकम
Hover Ad Article
समाचार
हल्दिबारी संवाददाता ६ वर्ष अगाडि

विदेशमा अलपत्र नेपालीको उद्धार गर्न माग

धरानः पहिलो पटक लकडाउनको घोषणा भएदेखी विदेश बाट आफ्नो मुलक घर फर्कन नपाई अलपत्र परेको नेपाली नागरिकहरु लाई उद्धार गरी तत्काल नेपाल आउने व्यवस्था गर्न संघीय लोकतान्त्रिक राष्ट्रिय मञ्चका केन्द्रीय अध्यक्ष कुमार लिङदेन मिराकले सरकार संग माग गरेका छन् ।

Advertisement

उनले भारत, मलेशिया लगायत खाडी मुलुकमा वैदेशमा रोजगारीका लागि गएका, तिर्थयात्री र विद्यार्थी नेपालीहरु स्वदेश फर्कन नपाई अलपत्र परेको कुराप्रति गम्भिर हुन सरकारको ध्यानाकर्षण गराउँदै भनेको छन् ‘भारतमा रहेका विद्यार्थी, मजदुर र तीर्थयात्रीको तत्काल सरकारले उद्दार गरी नेपाल फर्काएर क्वारेन्टाइनमा राख्ने व्यवस्था गरियोस ।’

Advertisement

लिम्बुवानका नेता लिङदेनले आफ्नो फेसबुक पेजमा विज्ञप्ती जारी गर्दै तीर्थयात्रामा गएका र मजदुरी गर्न गएका नागरिकहरू बाटोमै अलपत्र परेको जानकारी आएको, दिल्ली, बेङ्लोर सहितका शहरमा विद्यार्थी अलपत्र परेको पार्टीको जानकारीमा आएको उल्लेख गर्दै नेपाल फर्किन चाहनेलाई तत्काल फिर्ता गर्ने व्यवस्था गर्न माग गरेका हुन् । भारतमा काम गर्न गएको दिल्ली, गाजियावाद लगायत क्षेत्रमा अलपत्र रहेका नेपाली लाई तत्काल राहतको समेतको आवश्यकता भएकोमा ध्यानाकर्षण गराउँदै राहत वितरण गर्न पनि माग गरेका छन् ।

उनले विदेशमा रहेका नेपालका कुटनीतिक नियोगहरुको कामका बारे प्रश्न गर्दै भनेका छन् ‘दिल्लीमा राजदूताबास छ, दूताबासको काम के हो ? अलपत्र परेका नागरिकको व्यवस्थापन गर्न सक्दैन भने कूटनीतिक निकायका रूपमा बस्नुको अर्थ के हुन्छ ?’ भारतसँगै मलेशिया र खाडी मुलुकमा श्रम गर्न गएका नेपालीहरूको अवस्थाबारे जानकारी दिन र उद्दार गरी तत्कालै फिर्ता गर्ने काममा उनिहरुले निर्णायक भूमिका खेल्नुपर्नेमा उनले जोड दिएका छन् । अध्यक्ष लिङदेनले प्रधानमन्त्री केपी शर्मा ओली लाई सरकारको नेपाली नागरिकप्रतिको दायीत्व स्मरण गर्न ध्यानाकर्षण गर्दै प्रधानमन्त्री सीमित व्यक्तिहरूको घेराबन्दीमा परेको टिप्पणी समेत गरेका छन् ।

उनले भनेका छन् ‘प्रधानमन्त्री संग मेरो प्रश्न छ, भारत र खाडीमा अलपत्र नेपालीको उद्दार कहिले गर्ने ? कि सीमित समूहको कुरा सुन्ने र अरू नागरिकलाई गाली मात्र गरेर सरकारको दायीत्व बाट पन्छन मिल्छ ?’ प्रधानमन्त्रीलाई उदारता देखाउन आग्रह गर्दै लिङदेनले राहत वितरण प्रभावकारी र समावेशी बनाउन ध्यानाकर्षण गराएका छन् । भनेका छन् ‘राहत वितरणमा जुट्न आह्वान गरेमा देशका हजारौँ युवा तयार छन, संकटका बेला राज्यलाई सहयोग गर्नुपर्छ भन्ने ज्ञान सबैमा छ, तर आफ्ना कार्यकर्तालाई मात्रै संरक्षण गर्ने र अरूलाई चोट पु¥याउने काम भने राज्यबाट हुनुहुन्न ।’

Advertisement

हल्दिबारी संवाददाता

लेखकका थप सामाग्री (See author's posts)

थप समाचार (More News)