समाचार
हल्दिबारी संवाददाता ६ वर्ष अगाडि

जिल्ला वर्गिकरण गर्ने प्रस्ताव लागु नहुने लकडाउन जेठ ५ सम्म लम्बाइयो

धरानः सरकारले लकडाउन जेठ ५ सम्म लम्ब्याउने निर्णय गरेको छ । बुधबार बालुवाटारमा बसेको मन्त्रिपरिषद् बैठकले लकडाउन लम्ब्याउने निर्णय गरेको हो । कोरोनाभाइरसको संक्रमण फैलिन नदिन सरकारले गत चैत ११ गते देखि लकडाउन शुरु गरेको थियो । पटक पटक लम्बाइएको पछिल्लो पटकको लकडाउन अवधि बैशाख २५ गते बुभवार सकिदै छ । लकडाउन जारी रहेपनि नेपालमा कोरोनाको संक्रमण भने बढिरहेको छ । लकडाउन सुरू हुँदा २ जनामात्र कोरोना संक्रमित रहेको नेपालमा अहिले संक्रममितको संख्इा ८२ पुगेको छ ।

Advertisement

यसै विच लकडाउन लाई कोरोना संकमणको जोखिमको स्थिति अनुसार जिल्लाहरु लाई वर्गिकरण गरी खुकुलो बनाउने कोभिड १९ क्राइसिस म्यानेजमेन्ट टिम (सिएमसी)ले तयार पारेको लकडाउन ‘मोडालिटी’ तत्काल कार्यान्वयन नहुने भएको छ । सिएमसीले नेपालको ७७ जिल्ला र्ला ग्रिन जोन, यलो जोन र रेड जोन संक्रमित स्थान बनाउने प्रस्ताव ल्याएको थियो । सेतोपाटी अनलाईनले दिएको समाचार अनुसार प्रधानमन्त्री केपी शर्मा ओलीले उक्त मोडालिटी अहिले जरूरी नरहेको बताएका छन् ।

Advertisement

प्रधानमन्त्रीले लकडाउन खुकुलो बनाउने समय नआइसकेको बताएपछि जिल्ला वर्गिकरणको रणनीति लागु नहुने भएको हो । भारतमा कोरोना संक्रमण बढिरहेको र हुनुपर्ने परीक्षण पनि नभइनसकेकाले अहिले नै जोखिममुक्त भइयो भनेर नठान्न प्रधानमन्त्री ओलीले निर्देशन दिएको बताइएको छ ।

प्रधानमन्त्री ओलीले बालुवाटारमा राखेको उच्च स्तरीय समन्वय समिति र सिएमसीको संयुक्त बैठकमा उक्त निर्देशन दिएको बताइएको छ । सोमबार बसेको उच्च स्तरीय समन्वय समितिको बैठकमा लकडाउन ‘मोडालिटी’ परिवर्तन गरेर संक्रमण नभएका ठाउँहरूमा खुकुलो बनाउन सकिनेबारे छलफल भएको थियो । समन्वय समितिकै निर्देशन अनुसार लकडाउन खुकुलो पार्ने तयार पारिएको ‘मोडालिटी’ कार्यान्वयनमा नआउने समाचारमा जनाइएको छ ।

Advertisement

हल्दिबारी संवाददाता

लेखकका थप सामाग्री (See author's posts)

थप समाचार (More News)

हल्दिबारी डटकम
Hover Ad Article