समाचार
हल्दिबारी संवाददाता ६ वर्ष अगाडि

सिमाक्षेत्रबाट प्रवेश गरेकालाई रोकेर राखिनेे स्थान बनाइदै

                              धरानः पछिल्लो समय प्रदेश १ मा कोरोना संक्रमितको संख्या बढ्नुमा दक्षिणी सिमाक्षेत्र बाट प्रवेश गरेका मानिसहरु मुख्य कारण रहेको पाइएकाले सिमाक्षेत्र बाट प्रवेश गर्नेहरु लाई प्रारम्भिक परिक्षण गरी क्वारेन्टाइनमा राख्न अघि सिमाक्षेत्रमा नै रोकेर राख्न सुनसरी जिल्लामा होल्डीङ एरिया स्थापना गरिने भएको छ ।

Advertisement

जिल्लामा कोरोना संक्रमण रोकथामका लागि सुनसरी जिल्ला प्रशासन कार्यालयले आवश्यक होल्डिङ एरिया स्थापना गर्ने भएको हो । जिल्लाका नेपाल–भारत सिमाक्षेत्र खुला भएकाले भारतबाट नेपालीहरुको आवागमन भएको अवस्थामा पनि उनिहरु लाई क्वारेन्टाईनमा लैजान अघि विभिन्न ठाउँका प्रवेश नाकामा रोकेर राख्नका लागि जिल्ला प्रशासनले आवश्यक सामाग्रीहरु संकलन गरिरहेको प्रमुख जिल्ला अधिकारी राजेश पौडेलले बताए ।

Advertisement

होल्डिक एरियामा आवश्यक सामाग्रीको रुपमा सुनसरी उ्रद्योग वाणिज्य संघले मंगलार सामाग्रीहरु सहयोग स्वरुप प्रदान गरेको छ । संघका अध्यक्ष गिरिधारी सापकोटले प्रमुख जिल्ला अधिकारी राजेश पौडेल लाई १५० थान तन्ना, १५० थान म्याट्रेस हस्तान्तरण गरेका हुन् । उक्त अवसरमा संघका द्वितीय उपाध्यक्ष अनिल अग्रवाल, महासचिव राजेश अग्रवालले उपस्थित थिए ।

उक्त अअवसरमा अध्यक्ष सापकोटाले संघ व्दारा विपद् व्यवस्थापनका लागि विगतका दिनहरुमा पनि आवश्यक सहयोग गरिरहेको बताउँदै होल्डीङ एरिया स्थापना गर्ने कार्य कोरोना रोकथामका लागि उल्लेखनिय रहेको बताए ।

Advertisement

हल्दिबारी संवाददाता

लेखकका थप सामाग्री (See author's posts)

थप समाचार (More News)

हल्दिबारी डटकम
Hover Ad Article