साहित्य
हल्दिबारी संवाददाता ६ वर्ष अगाडि

कविता:अचम्म को सपना देखे

 हातमा बाइवल बोकेर
कुरानको पाठ घोकेर
बुद्धम सरणमं गच्छामी भन्दै
पसुपती नाथको दर्सन
गर्दै गरेको
अचम्मको मानव देखे
के यो सम्भब छ ?

Advertisement

संख घन्ट फोडेर
मठ मन्दिर तोडेर
सबै धर्म सस्कार छोडेर
सर्बभक्क्षिभै सबै चिजले भुँडी भरेर
आफुलाइ पुरै भौतिक बादी सोचेर
हिडेको मानिस
हातमा गिता समाइ
इसु क्राइस्टको प्राथना मा रमाइ
अल्लाह अकर भन्दै
बुद्ध चित्तको माला जप्दै गरेको
अचम्मको मानव देखे
के यो सम्भब छ ?

Advertisement

भौचालो आउदा भुमी पुजा गर्ने
प्रकृतिको दोहन गर्न मन पर्ने
कोरोना हटाउन प्राथना गर्ने
कैले ग्रीजा घर
कैले अल्ला अकबर
कैले ॐ सान्ती भन्दै
कैले बुद्धचित्त गन्दै
यो लौकिक संन्सार केही होइन भन्दै
भोग बिलास का
भौतिक सधन हरुको बिचमा रम्दै
गरेको
अचम्मको मानव देखे
के यो सम्भब छ ?

मेरो आफ्नो भन्ने केही छैन भन्दै
घोटालाको अरबौँ दर्बे गन्दै
यामपालामा सवारी गर्दै
सिस महलमा पदासिन भएको
सर्बहारा देखे
जे देखे त्यही लेखे
अचम्मको मानव देखे
के यो सम्भब छ ?

कार्लमाक्सको टोपी लगाएर
गान्धी को धोती हाल्लएर
स्तालिनको जुँगा मुठार्दै
सि जिङ्गपिग को भासण पुकार्दै
सान्ती भवन्तु सुखेन भन्दै
हिड्ने
अचम्मको सपना देखे
के यो सम्भब छ ?

बाल कृष्ण खनाल टिकार कैलाली
२०७७-१-२५

Advertisement

हल्दिबारी संवाददाता

लेखकका थप सामाग्री (See author's posts)

थप समाचार (More News)

हल्दिबारी डटकम
Hover Ad Article