हल्दिबारी डटकम
Hover Ad Article
समाचार
हल्दिबारी संवाददाता ६ वर्ष अगाडि

उपत्यका प्रवेशमा कडाइ, नागढुंगा नाकाबाट चार सय गाडी फर्काइयो

कोरोनाको जोखिम बढ्ने भन्दै काठमाडौं प्रवेशमा कडाइ गरिएको छ । पहुँचका आधारमा पास लिएर विनाकाम उपत्यका छिर्न खोज्ने करिब चार सयभन्दा धेरै सवारीसाधनलाई प्रहरीले फर्काएको छ । पछिल्लो चार दिनमा नागढुंगा नाकाबाट मात्र चार सय १६ सवारीसाधन फर्काइएका हुन् । जसमध्ये धेरैजसोले पास लिएका थिए ।

Advertisement

२२ वैशाखमा ७४, २३ गते एक सय तीन, २४ गते दुई सय २७ तथा २५ गते ४९ वटा सवारीसाधन फिर्ता पठाइएको महानगरीय प्रहरी वृत्त थानकोटका डिएसपी घनश्याम श्रेष्ठले बताए । तराईका केही जिल्लामा कोरोना संक्रमण विस्तार भएपछि अत्यावश्यक सेवाबाहेकको अवस्थामा उपत्यकाबाहिरबाट आउन रोक लगाइएको हो ।

Advertisement

‘सोधपुछ गर्दा कुनै अत्यावश्यक काम नभएको देखिएपछि फिर्ता पठाइएको हो,’ डिएसपी श्रेष्ठले भने, ‘कतिपय पास लिएर घुम्न निस्कको पाइयो ।’ कतिपय एम्बुलेन्सले समेत बिरामी भनेर यात्रु बोक्ने गरेको उनको भनाइ छ । केही एम्बुलेन्सलाई समेत त्यसरी फर्काइएको थियो । विगतमा उपत्यकाबाट बाहिरिने धेरै हुनेमा पछिल्लो केही दिनमा भित्रिन खोज्ने बढेपछि कडाइ गरिएको हो ।

Advertisement

हल्दिबारी संवाददाता

लेखकका थप सामाग्री (See author's posts)

थप समाचार (More News)