हल्दिबारी डटकम
Hover Ad Article
स्वास्थ्य
हल्दिबारी संवाददाता ६ वर्ष अगाडि

नेपालमा  कोरोना  संक्रमितको संख्या १०९ पुग्यो

उदयपुर, पर्सा र कपिलवस्तुमा सातजना कोरोना भाइरस संक्रमित थपिएका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार उदयपुर र कपिलवस्तुमा ३(३ जना कोरोना संक्रमित भेटिएका छन् । त्यसैगरी पर्सामा एकजना कोरोना संक्रमित भेटिएका हुन्। यससँगै नेपालमा कोरोना संक्रमितको संख्या १०९ पुगेको छ ।

Advertisement

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका सहप्रवक्ता डा। समिरकुमार अधिकारीका अनुसार राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला काठमाडौं र कोशी अञ्‍चल अस्पताल बिराटनगरको ल्याबमा गरिएको परीक्षणमा नयाँ कोरोना संक्रमित पुष्टि भएका हुन्। अधिकारीका अनुसार उदपयुरमा भेटिएका नयाँ संक्रमित त्रियुगा नगरपालिका(३ भुल्केकै हुन्। उनीहरु १८, ४५ र ६५ वर्षका महिला हुन् ।

Advertisement

त्यस्तै पर्साको छपकैयामा नै फेरि ६२ वर्षीय पुरुषमा कोरोना पुष्टि भएको थियो। उता यसअघि दुईजना कोरोना संक्रमित भेटिएको कपिलवस्तुमा थप तीजना संक्रमित भेटिएका छन्। अधिकारीका अनुसार उनीहरु एकजना १७ वर्षका पुरुष हुन् भने दुईजना १८ वर्षीय पुरुष नै हुन्। नेपालमा हालसम्म ३१ जना उपचारपछि घर फर्किएका छन् ।

Advertisement

हल्दिबारी संवाददाता

लेखकका थप सामाग्री (See author's posts)

थप समाचार (More News)