साहित्य
हल्दिबारी संवाददाता ६ वर्ष अगाडि

आजको कबिता “लोकतन्त्र-१”

लोकतन्त्रअहिले तिमी हुर्किदै छौ
हतारिएर आए पनि
हामीले खोजेका थियौ तिमीअलिकति वेला पुगेरै आउनु पर्थो
समय नपुगी आयौ
सबैले भने
तिम्रो आगमन स्वागतयोग्य छ
त्यसैले हामी सबैले तिम्रो आगमनमा
सयपत्री थुँगाको माला उनेर
साझँपख धुमधाम दीपावलि गरेर
तिम्रो आगमनलाई सुखद मनाऔ।
तिमी आउनुको अर्थ
हाम्रो घर आँगनमा
रोपेको गुराँश फक्रिन पाउनु पर्थो
गोडमेल नपुगेर मुर्झाए र्छौ
देशमा आएको नपत्याउँदो हुरीले
अस्वास्थताको किटाणु (जो थिए
सब छामेर छानेर र मागेर ल्याऔ
अब हुनसम्मको अबस्थामा
देश र जनतालाई पुर्याऔ
खोजे भन्दा राम्रा
रोजे भन्दा राम्रा
लोकतन्त्र हुनु पर्छ
सबैको चाहना अनुरुप तिमी भ्रष्टतन्त्र र लूटतन्त्रको बिरुध्द
लोकतन्त्र तिमीले एकपल्ट
फेरि बेस्सरी धक्का दिनु पर्छ ।

Advertisement

कमला भट्टराई
भद्रपुर, झापा चौक

Advertisement

Advertisement

हल्दिबारी संवाददाता

लेखकका थप सामाग्री (See author's posts)

थप समाचार (More News)

हल्दिबारी डटकम
Hover Ad Article