हल्दिबारी डटकम
Hover Ad Article
समाचार
हल्दिबारी संवाददाता ६ वर्ष अगाडि

धरानबाट बेच्न लैजाँदै गरेको दुई किशोरीको चतरामा उद्धार संलग्न दुई जना पक्राउ

 दिपक पुरी नडाहाः लकडाउनका बेला मोटरसाइकलको पास बनाएर धरान बाट दुई किशोरी लाई लहानमा काम दिलाई दिने भनि झुक्याएर लैजाँदै गरैको अवस्थामा शनिवार चतराको कोशी पूलबाट शसस्त्र प्रहरी बलले दुवै किशोरीको उद्धार गरी जनकपुर–७ का ललन मण्डलर महेशप्रसाद यादवलाई पक्राउ गरेको छ । पक्राउ परेको दुवै मानव बेचबिखनमा संलग्न भएको हुनसक्ने चतरा स्थित सशस्त्र प्रहरी बलका प्रमुख असोक न्यौपानेले बताएका छन् । उनिहरु लाई अनुसन्धानका लागि इलाका प्रहरी कार्यालय महेन्द्रनगरमा बुझाइएको छ ।

Advertisement

उद्धार गरिएका दुई किशोरी धरान–११ की १४ र १७ बर्षकी राई थरकी किशोरी हुन् । उनिहरु लाई लाहान जाने जनकपुर लैजानु लागेको कुरा खुलेपछि दुवै किशोरी लाई झुक्याएर बेचविखनको लागि लैजान लागेको आशंकमा किशारीहरुको उद्धार गरी दुई जना लाई पक्राउ गरिएको सशस्त्र प्रहरी प्रमुख न्यौपानेले बताए । उनले भने ‘यो घट्नाले अहिले देशमा लकडाउनको बेला सवारीको पास देखाएर मानव वेचविखन गर्ने अपराधिहरु सकृय रहेको देखिएको छ ।’ दुई किशोरी मध्ये एउटाको आमा र अर्को आफ्नै दिदिले जागिरका लागि लैजान दिएको बुझिएको छ । शसस्त्र प्रहरी अनुसार त्यस मध्ये एक जनकपुर–७ घर भएको बताउने ललन मण्डलको साथ ज १ प ८४८५ नम्बर मोटरसाइकलमा धरान देखि ३ जाना आएका थिए ।

Advertisement

धरान बाट चतरा हुदै लाहान जाने भनि हिडेका उनिहरु लाई सशस्त्र प्रहरी बल चतराको एउटा चेकपोस्ट बाट तिब्र गतिमा भागेपछी भण्डारीटार स्थित दोस्रो चेकपोस्टले रोकेर चेकजाँच गर्दा पक्राउ परको हो । चेकपोष्टमा जाँच गर्दा ललन मण्डलले लाहानका एनसीसी बैंकको पास देखाएका थिए । उनलाई एउटा मोटरसाइकलमा किन तिनजान लिएर हिडेको भनि सोधपुछ गर्दा मेरो साउको छोरीहरु धरानमा बुबा बिरामी भेटेर आएको भनि बताएका थिए । आमा अझै हस्पिटलमा भनेपछि शसस्त्र प्रहरी निरिक्षक न्यौपाने आमाको मोबाइल नम्बरमा फोन गरी कुराकानी गर्दा ‘म अहिले बारि छु’ भन्दै गोल मटोल जवाफ दिदैं फोनै काटिदिएपछि शंका उत्पन्न भएकाले थप केरकार गरिएको थियो ।

थप केरकार गर्दा ललनल आफु बैंकको डाइभर भएको बताए पनि सोधपुछकै क्रममा उनको कुरा फरक पर्दै गएपछि शंका बढेकाले थप सोधपुछ गर्न नियन्त्रणमा लिएर शसस्त्रको बेस क्याममा लगियो । बेसट क्याममा सशस्त्र प्रहरी प्रमुख न्यौपानेले सोधपुछ गर्दा किशोरीहरुले उनिहरुलाई पुलिसले सोधपुछ ग¥यो भने मेरो घर लाहान भएको बताउनु भनि ललनले भन्न लगाएको खुलासा गरे । उनिहरुले आमाले लकडाउन भइन्जेल सम्म काम गर्नु लकडाउन सकेपछि घर आउनु भनेर पठाएको पनि प्रहरी लाई बयान दिए । उनिहरु लाई आमाले लाहान हस्पिटलमा महिनामा ६ हजारको दरले तलब दिन्छ भनि काम गर्न पठाएको बताउँदै किशोरीहरुले ‘अहिले आएर बुझ्दा हामिलाई आफ्नै आमाले नराम्रो मान्छे संग पठाएको महसुस भएको छ ।’ भनेको कुरा दुवै किशोरी लाई उधृत गर्दै शसस्त्र प्रहरी निरीक्षक न्यौपानेले बताए । ललन लाई सोधपुछ गर्ने क्रममा उनको मोबाइलमा पटक पटक रिङ बजेको थियो ।

ललनलाई साउण्ड खुला गरेर फोन रिसिभ गर्न लगाएपछि उताबट ‘केटि लिएर कहाँ आइपुगिस ?’ भन्दै फोन गरेको सुनियो । सशस्त्रको अनुसधनकै क्रममा लाहान बाट २ वटा मोटरसाइकल आएको देखियो । एउटा मोटरसाइकल रामपुर तिर बिग्रिएको र ग्यारेजमा मर्मत गर्न बसेका थिए । महेशप्रसाद यादवले ललन लाई फोन गर्दै कहाँ आइपुगिस भनेर सोधेपछि उनले ‘म चतरा आइ पुगेको छु’ भने । लगत्तै महेशले उनि कोशीपुलमा भएको बताए । सशस्त्रको टोलिले कोशी पुल पुगेर महेश लाई पनि पक्राउ गरेको हो ।

Advertisement

हल्दिबारी संवाददाता

लेखकका थप सामाग्री (See author's posts)

थप समाचार (More News)