साहित्य
हल्दिबारी संवाददाता ६ वर्ष अगाडि

आजको कविता : सबै चुपचाप छन ?

बहस गर्दा केही समय व्यतित हुँदो रहेछ।।।
नत्र कुनै अदृश्य आंधीबेरी सामुन्ने देखिदो रहेछ।।।

कामकाज मा व्यस्तता रहँदा समय मिल्दैनथ्यो ।।।
अब अहिले जताततै समय नै समय मिली रहेछ ।।।

घर जानुछ भनी हामीले दिन चाँडो बितोस
भन्दथ्यों ।।।
अब त्यही घर कहींकतै खोजीगरे देखीदो रहेन रहेछ ।।।

के कसुर भयो की यस्तो दिन देख्नु परेकोछ आज ।।।
हरेक आँखाहरू मा अब आँसु मात्र देखिदो रहेछ ।।।

को संग बातमारौं के कुरा गरौं आजको समय मा ।।।
उ हेर सबै मानिस चुपचाप बसेको देखीदो रहेछ ।।।

सादिक अन्सारी

हल्दिबारी संवाददाता

लेखकका थप सामाग्री (See author's posts)

थप समाचार (More News)